ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उहाँकी ८६ वर्षीया आमा हरीकला भण्डारी घाइते हुनुभएको छ। काठमाडौंको बुद्धगरस्थित भण्डारीको निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट भएको थियो ।
राति खाना खाइवरी सुतेको बेला सिलिण्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा घाइते भएको उनको पारिवारिक स्रोतले बतायो । उहाँहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
अहिले उहाँहरु दुबै जनाको आईसियुमा चेकजाँच एवं उपचारको काम भैरहेको छ । अस्पताल श्रोतबाट थप नयाँ अपडेट केही आएको छैन । ८ बजे पछाडी बिज्ञ डाक्टर हरुको चेकजाँच र थप परामर्शमा अन्य कुरा थाहा हुने सचिवालयले जनाएको छ । उहाहरु दुबैजनालाई सिघ्र स्वास्थ्यलाभको कामना