गुल्मेलीले युएईमा कफिको प्रचार गर्न रुरु रेसुङ्गा सांस्कृतिक साँझ गर्दै

भुवन भुसाल, गुल्मी । युएईमा रहेका गुल्मेलीहरु गुल्मीको कफिको प्रचारप्रसार गर्न जुटेका छन् । यहि जुन १६ तारिखको दिन एक भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गरेर आफ्नो जन्मभुमीको नगदेवाली कफिको प्रचारप्रसार गर्ने भएका हुन ।

रुरु रेसुङ्गा सांकृतिक साँझको दोश्रो संस्करण मार्फत त्यहाँ रहेका गुल्मेलीहरुले गुल्मीको कफिको प्रचारप्रसार गर्ने आयोजक गुल्मी सेवा समाज युएईका प्रवक्ता कमल कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा आधुनिक गायक कमल खत्रीका साथमा लोक तथा दोहोरी गायीका बन्दना पाण्डे, डान्सर अस्मिता राना मगर, लोक गायक एवं कार्यक्रम संचालक कमल कार्किको प्रस्तुती रहने छ ।

गुल्मी हो नाम, गुल्मेलीको शान, रुरु र रेसुङ्गा हाम्रो पहिचान भन्ने मुल मर्म सहित परदेशमा रहेका गुल्मेलीले मनोरन्जनात्मक र सामाजिक उद्धेस्य सहित कार्यक्रमको आयोजना गरेका हुन । कार्यक्रम बरदुबईमा आयोजना गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?