गाउँपालिकाले सार्वजनिक जग्गा र रकम उपलब्ध गराएपछि जिवनबाबु स्मृति भवन शिलान्यास

भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले सार्वजनिक जग्गा र नगद ५ लाख बिनियोजन गरेपछि जिवनबाबु स्मृती भवन शिलान्यास भएको छ । छत्रकोट गाउँपालिका वडा नं ३ हर्दिनटामा अवस्थित नव प्रगतीशिल युवा क्लबको भवन आज एक औपचारिक समारोहका बिच गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले शिलान्यास गर्नुभएको हो ।

भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष पाण्डेय, वडा अध्यक्ष तेजकान्त अर्याल, क्लबका संस्थापक अध्यक्ष जनक पन्थ, क्लबका संरक्षक मधुकृष्ण पन्थ, सल्लाहाकार संयोजक बैकुण्ठ प्रसाद पन्थ, क्लबका कार्यवाहक अध्यक्ष बैकुण्ठ कंडेल, पुर्व अध्यक्ष लेखनाथ कंडेल लगायतले क्लबले गरेका सामाजिक काम र स्वर्गिय जिवनबाबु पन्थको स्मरण गर्नुभएको थियो । कार्यक्रमको संचालन क्लबका सहसचिब प्रदिप पन्थले गर्नुभएको थियो ।

क्लबका अध्यक्ष पन्थको गत बर्ष आजकै दिन पाल्पामा भएको मोटरसाईकल दुर्घटनामा ज्यान गएको थियो । आफ्नो क्लबका अध्यक्षको निधन भएपछि उहाँको सम्झनामा गत बर्ष क्लबले मैनडाँडा माध्यमिक विद्यालयमा १ लाख ६९ बराबरको अक्षयकोष समेत स्थापना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?