गुल्मीमा जिप दुर्घटना, एक जना घाईते

 

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा चालक घाइते भएका छन् । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर २ ताल्तुङमा लु १ ज ४७२९ नम्बरकाे जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिनुभयो ।

दुर्घटनाबाट चालक २५ वर्षीय ओमबहादुर सारु घाइते हुनुभएको छ । जीप सडकबाट ५ मिटर तल खसेको थियो । घाइतेको अवस्था सामान्य छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?