रुरुक्षेत्रका नगर प्रहरीलाई दर्ज्यानी चिन्ह, जनतालाई सहज हुनेगरी काम गर्न निर्देशन

गोबिन्द झाक्री, गुल्मी । रुरुक्षेत्र गाउँपालिकाले नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । गाउँपालिकामा नियुक्त गरिएका नगर प्रहरीलाई मंगलबार एक कार्यक्रमका बीच दर्ज्यानी चिन्ह प्रदान गर्दै सपथ ग्रहण गराईएको छ ।

नियुक्त गरिएका नगर प्रहरी सहायक निरीक्षक १ जना र ४ जना नगर प्रहरी जवान गरी ५ जना नगर प्रहरीलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले दर्ज्यानी चिन्ह प्रदान र सपथ ग्रहण गराउनुभएको हो । नियुक्त भएका नगरप्रहरीले ईलाका प्रहरी कार्यालय रिडि मार्फत आधारभुत प्रहरी तालिम लिएपछी उनिहरुलाई बिधिवत रुपमा दर्ज्यानी चिन्ह प्रदान र सपथ गराईएको छ ।

सपथ पछि निर्देशन दिंदै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले नगरप्रहरी संग रचनात्मकता र तदारुकता हुनु पर्ने बताउनुभयो । कसैलाई विभेद नगरी यहाँका नागरिक र सिंगो पालिकालाई सामाजिक, आर्थिक रुपमा लाभ हुनेगरी काम गर्न समेत निर्देशन दिनुभयो ।

दर्ज्यानी चिन्ह प्रदान गर्दै अधिकृत पाण्डेले नगर प्रहरी फिल्डमा जाँदा केवल आफू मात्र नगई गाउँपालिकाको प्रतिनिधि भएर जाने भएकाले मर्यादित र संयमित भएर काम गर्न निर्देशन दिनुभयो । वहाँले नगरप्रहरी र नेपाल प्रहरीको काम कर्तव्य र अधिकार फरक फरक हुने भएकाले नगरप्रहरीको नियुक्तीपछी नागरिकलाई अझै सहज हुनेगरी काम गर्न आग्रह समेत गर्नुभयो ।

अधिकृत पाण्डेले उल्लेखित काममा पालिकाले नगर प्रहरीलाई खटाउने समेत बताउनुभयो ।

के हो त नगर प्रहरीको काम कर्तब्य र अधिकार ?

१) गाउँपालिकाको निति कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन गर्ने गराउने

२) गाउँपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने ।

२) स्थानिय सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यावस्थापन गर्ने ।

४) स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख र व्यावस्थापन गर्ने ।

५) नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन गर्ने ।

६) न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन गर्ने र गराउने ।

७) सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षाको प्रवन्ध गर्ने ।

८) विपद्व्यावस्थापन सम्बन्धि खोजी, उद्धार, राहत तथा पुनस्थापना कार्यमा खटिई आवश्यक कार्य गर्ने ।
९) गाउँपालिकामा रहेका अनाधिकृत विज्ञापन तथा होडिङ्ग बोर्ड नियन्त्रण गर्ने ।

१०) छाडा पशु चौपायको नियन्त्रण गर्ने ।

११) अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने ।

१२) सावर्जनिक आवागमनमा बाधा पुर्‍याईराखेका निर्माण सामाग्री पसल व्यावसायबाट भएको अवरोध हटाउन लगाउने नमानेमा आफैहटाई हटाउन लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गर्न पेश गरी आवश्यक जरिवाना समेत गर्ने ।

१३) सार्वजनिक जग्गा, बाटो मठ, मन्दिर, ढल, नाला, चोक, पोखरी, मिचि कसैले घर कम्पाउण्ड टहरा वा त्यस्तै अन्य निर्माण कार्य गरेको अथवा व्याक्तिगत रुपले उपभोग गरेको छ, छैन निरीक्षण गर्ने, प्रतिवेदन पेश गर्ने र आदेश अनुसार भत्काउने ।

१४) गाउँपालिका क्षेत्रमा अनियमित निर्माण कार्य गरेको देखीएमा नक्सापास भए नक्सापासको प्रमाण पत्र सहितको प्रतिवेदन सम्बन्धित शाखा मार्फत प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने । मापदण्ड विपरीत निर्माण भएको देखिएमा भत्काउने आदेश दिएमा भत्काउने ।

१५) स्वास्थ्यका लागि हानिकार चिज तथा सडेगलेको खाद्य पदार्थ विक्री वितरण रोक लगाउने तोकिएको मापदण्ड विपरित सडेगलेको हानिकार चिज वस्तु विक्री गरेको पाइएमा पहिलो पटकमा भए जफत गरी गाड्न लगाउने । पटक पटक यस्तो कार्य दोहोरिएमा जरिवाना गर्न वा पसल बन्द गर्न लगाउने ।

१६) रोगी वा कानूनले निषेध गरेका पशुपंक्षी, जिवजन्तहरु काटमार गर्न नदिने र त्यस्ता पशुपंक्षी जिवजन्तुका मासु बिक्री वितरणमा रोक लगाउने । अटेर गरेमा जफत गरी नष्ट गर्ने । साथै जरिवाना समेत खुलाई राय पेश गर्ने ।

१७) छाडा कुकुर नियन्त्रण सम्बन्धि कारवाही गर्ने । मरेका जीवजन्तु समयमै गाड्न लगाउने ।

१८) खतरा उत्पन्न हुने रुख काट्न लगाउने । जोखिमपूर्ण घर पर्खाल भए सोको लिखित प्रतिवेदन पेश गर्ने र भत्काउन आदेश भए भत्काउने ।

१९) वडा समिति, टोल विकास समिति तथा नेपाल प्रहरीसँगको सहकार्यमा सरसफाई, सुरक्षा र सामाजीक विकृति हटाउने कार्य गर्ने गराउने ।

२०) ईजाजत विना पेशा, व्यावसाय गरको फेला परेमा पेशा व्यावसाय दर्ता नविकरण गर्न लगाउने ।

२१) होटल, रेष्टुरेन्ट, गेष्ट हाउस, पार्लर जस्ता गतिविधिहरुको निरीक्षण गर्ने । मापदण्ड अनुरुप नचलेको पाईएमा कारवाहीको लागि पेश गर्ने ।

२२) गाउँपालिका क्षेत्र भित्र सार्वजनिक स्थलमा जादु, सर्कस जुवा लगायतका विकृती जन्य क्रियाकलापमा रोक लगाउने ।

२३) रुरुक्षेत्र गाउँपालिकाको निर्णय अनुसार अस्थायी प्रकृतीका बजार व्यवस्था गर्ने, त्यस्तो व्यापारीहरुको लगत राख्ने ।

२४) अरुलाई वाधा पुग्नेगरी लाउड स्पिकर, रेडियो अथवा ध्वनी उत्पादन गर्ने अन्य उपकरण प्रयोग गर्न नदिने ।

२५) बजारमा ध्वनी, धुवाँ, प्रकाश अथवा अन्य कुनै कारणले सार्वजनिक रुपमा वाधा पुग्ने गरी उद्योग धन्दा सञ्चालनमा रोक लगाउने ।

२६) एम्बुलेन्सलाई २४ सै घण्टा चुस्त दुरुस्त राखी माग भएको ठाउँमा तुरुन्त राहत कार्यमा सहयोग पुर्‍याउने ।

२७) गाउँपालिकाले तोकेको भौतिक पूर्बाधार निर्माणसँग सम्बन्धित कार्यहरु एंव अन्य कार्यहरु गर्ने गराउने ।

२८) स्थानीय बिद्यालयहरुमा पठनपाठन कार्यमा सहयोग पुर्‍याउने ।

२९) पर्यावरण संरक्षण कार्यमा सरिक हुनुका साथै जनचेतनामूलक कार्य गर्ने ।

३०) स्थानीय श्रोत परिचालनमा सहयोग तथा जमीनको अधिकतम उपयोग गर्न सकृय हुने ।

३१) महिला तथा घरेलु हिसां, कुरिती, कुसंस्कार बिरुद्ध जनचेतना संचालन गर्ने ।

३२) स्थानिय सरकारको विनियोजीत बजेट र योजनाको प्राप्त जिम्मेवारी अनुसार सम्पन्न गर्ने ।

३३) गाउँपालिकाले सञ्चालन गर्ने आर्थिक उत्पादनका परियोजनाहरुमा आवश्यक जनशक्ति पूर्ति गर्ने र कार्य सञ्चालन गर्ने ।

३४) समाजमा हुने रक्सि जाँड, महिला हिंसा, चोरी डकैती, लागु औषध प्रयोग तथा उत्पादन रोक्न भूमिका खेल्ने ।

३५) रुरुक्षेत्र गाउँपालिकाले तोके बमोजिम जनसेवा, सामूहिक श्रम, उद्यमशीलता आदिमा सरिक हुने ।

३६) बजार अनुगमन गर्ने कार्यमा आवश्यक सहयोग गरी जरीवाना लिने, राजस्व असुली गर्ने लगायतका कार्यमा कार्यालयलाई सहयोग गर्ने तथा अनधिकृत रुपमा संचालन हुने घुम्ति व्यवसायहरुलाई कानूनी दायरामा ल्याउने कार्य गर्ने ।

३७) गाउँपालिकाको नीति तथा कार्यक्रम तथा निर्णयहरु कार्यान्वयनको लागि दिईएको निर्देशन तथा आदेश बमोजिमका कार्यहरु गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?