रुरुक्षेत्रले बनाएको स्थानीय पाठ्यपुस्तक विमोचन

भुवन भुसाल, गुल्मी । टाढाका राम,सिता,अयोध्या, बुद्ध, लुम्बिनी, भृकुटी पढेका रुरुक्षेत्र गाउँपालिकाका बिद्यार्थीले अब घर नजिकको रुरुक्षेत्र, शालिग्राम, हृष्य श्रीङ्गी, बंघा, लेख, घरको बारीमा हुने कृषि र पशुपालन पढ्न पाउने भएका छन । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले बनाएको स्थानीय पाठ्यपुस्तक बिमोचन गरेको छ । बिद्यार्थीलाई आफ्नो स्थानिय तहमा भएका सम्पदा, रितिरिवाज, चालचलन, धर्म सस्कृती र ईतिहाँसको बारेमा जानकारी प्राप्तहुनेगरी तयार पारिएका पाठ्यपुस्तक आज एक कार्यक्रमका बीच बिमोचन गरिएको हो ।

अन्यत्रका अनेकन बिषयको पढाई हुने तर आफ्नो नजिकैका बिषयमा बिद्यार्थीमा ज्ञान नहुँदा शिक्षा अपुरो हुने भन्दै पालिकाले स्थानीय पाठ्यपुस्तक स्थानिय शैक्षिक व्यक्ती मार्फत तयार गरेको हो । आज कक्षा १ देखी कक्षा ५ सम्मका पाठ्यपुस्तक बिमोचन गरिएको छ ।

पाठ्यपुस्तकको बिमोचन गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, शिक्षा तथा सामाजिक बिकाश समिती संयोजक शेषनारायण पौडेल, लेखन समिती संयोजक रमेश प्रसाद ज्ञवाली र जनबोध माध्यमिक बिधालयको कक्षा १ मा अध्ययनरत बिद्यार्थी अनिसा कुंवर ले गर्नुभएको थियो ।

अध्यक्ष ज्ञवालीले पाठ्यपुस्तकले यहाँको शिक्षा र शिक्षण सिकाई कृयाकलापमा सकारात्मक भुमिका खेल्ने बताउनुभयो । पाठ्यक्रम र पुस्तक निर्माणमा अनेक कठिनाई झेल्दै काम गर्ने समितीका संयोजक र सदस्यहरुलाई आभार व्यक्त गर्नुभयो ।

उपाध्यक्ष मिनादेवी गौतमले पाठ्यपुस्तक तयार गर्ने सबैलाई धन्यवाद दिंदै यसले बिद्यार्थीको शिक्षण सिकाईमा प्रभावकारी भुमिका खेल्न सकोस भन्ने कामना समेत गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले पाठ्यपुस्तक निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै सफल कार्यान्वयनको शुभकामना व्यक्त गर्नुभयो । वहाँले अहिले सिमित संख्यामा छपाई गरिएको र यसमा केही त्रुटि भएका रहेछन भने सच्याएर दोश्रो संस्करण छपाई गरिने बताउनुभयो ।

सबै राजनैतिक दलको प्रतिनिधित्व गरेर बोल्दै नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटी अध्यक्ष फर्शुराम ज्ञवालीले रुरुक्षेत्र गाउँपालिकाले गरेको पुस्तक निर्माणको कामको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । वहाँले यो पुस्तक अध्यापन गराउने शिक्षकलाई केही जानकारी कक्षा संचालन गराउन सुझाव समेत दिनुभयो ।

 

सामाजिक बिकास समिती संयोजक एवम् वडा नं ३ का वडा अध्यक्ष शेषनारायण पौडेलले यो पाठ्यक्रम र पाठ्यपुस्तकले बालबालिकालाई रुरुक्षेत्र चिनाउने बताउनुभयो । सबै संघसस्थाको तर्फबाट जनज्योति माबि रिमुवाका प्रधानाध्यापक भुवनेश्वर भुसालले पाठ्यपुस्तक निर्माण गरेकोमा पालिकालाई धन्यवाद दिंदै अब बन्ने ६,७ र ८ कक्षाका लागि तयार हुने पाठ्यपुस्तकले जीवन जिउने कला समेत सिकाउन सकोस भन्ने शुभकामना दिनुभयो ।

रमेश प्रसाद ज्ञवाली संयोजक र महेन्द्र प्रसाद गौतम,नारायण ज्ञवाली, रोहित प्रसाद भण्डारी, राम प्रसाद श्रेष्ठ, शान्ती पाण्डेय ज्ञवाली, कृष्ण प्रसाद गौतम, नारायण ज्ञवाली सदस्य रहेको समूहले पाठ्यपुस्तक तयार पारेको हो । संयोजक रमेश ज्ञवाली पाठ्यपुस्तक लेखनमा पार गरेका चरण, सहयोगी व्यक्ती र बनेको पाठ्यपुस्तकका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै पुस्तक लेखन समिती सदस्य शान्ती पाण्डे ज्ञवालीले पाठ्यपुस्तक रुरुक्षेत्रको प्रतिबिम्ब भएको बताउँदै पुस्तकमा बिद्यार्थीले देखेका भोगेका र अनुभूति गरेका स्थानिय कुराहरुलाई मसिनोगरी बुझ्न सजिलो हुने गरि राखिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?