छत्रकोटको प्रशासकीय भवन शिलान्यास, यस्तो हुनेछ भवन

भुवन भुसाल, गुल्मी । लामो समयको मेहनत पछि छत्रकोट गाउँपालिका गुल्मीको प्रशासकीय भवन शिलान्यास भएको छ । जग्गा प्राप्तिको कठिन प्रक्रिया पूरा गरेर सामुदायिक बनको जग्गामा बुधवार भवनको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले भवनको शिलान्यास गर्नुभएको हो ।

अध्यक्ष पाण्डेय र प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले वैदिक बिधिपुर्वक पुजाअर्चना गर्नुभएको थियो । सिलान्यास पछि बोल्दै अध्यक्ष पाण्डेयले यो चरण सम्म पुग्न सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै काम समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । वहाँले गुणस्तरमा आफुले सम्झौता नगर्ने समेत बताउनुभयो ।

कार्यक्रममा उपस्थित उपाध्यक्ष साबित्रा ज्ञवाली, जिल्ला समन्वय समिती सदस्य महेश्वर भण्डारी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनैतिक दलका नेता, सर्वसाधारण सबैको मुहारमा मुस्कान देखिन्थ्यो ।

अब हेर्नुहोस, भवन यस्तो बन्नेछ ।

ईस्टिमेट रकम १२ करोड, ५ लाख, २५ हजार, ४ सय ९८ रुपैयाँ ३ पैसा रहेकोमा ९ करोड, ११ लाख २ हजार ९ सय ७९ रुपैयाँ ,७६ पैसामा निर्माणको जिम्मा अम्बे मा बलदेभ जे भि ले पाएको छ । संझौता अनुसार निर्माण व्यवसायीले २०८२ सालको मंशिर ८ गते भित्र काम सम्पन्न गर्नुपर्ने छ । निर्माण कम्पनीका प्रतिनिधिले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

छत्रकोट ३ भेंडुवामा बन्न लागेको यो भवनमा आवास बाहेक प्रशासनिक कामका लागि ३२ कोठा हुनेछन भने बैठक कक्ष, संग्राहलय,सहित ४ तलाको भवन बन्नेछ । भवनमा अशक्त, र वृद्धबृद्दालाई सजिलो होस भन्नका लागि लिफ्टको पनि व्यवस्था हुने गाउँपालिका अध्यक्ष पाण्डेयले बताउनुभयो ।

अनिर्णयको बन्दी बनेको प्रशासकिय भवन बनाउने काममा गाउँपालिकाको यो सरकारले खेलेको भुमिका प्रशंसायोग्य छ । समयमै गुणस्तरिय काम गरेर यो सरकारको राम्रा कामहरुको अनेकन कर्ममा यो पनि पर्न सकोस शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?