महेन्द्र माविको ६२ औं वार्षिकोत्सबको तेस्रो दिन विभिन्न कार्यक्रम सम्पन्न

रेशिराम खत्री, गलकोट ।
महेन्द्र माध्यमिक विद्यालय गलकोट नगरपालिका–२, नरेठाँटी, बागलुङको ६२ औं वार्षिकोत्सबको आज तेस्रो दिन पनि विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । जुनियर सदनात्मक छात्र खो खो खेलमा निलुवा सदन प्रथम, कालिलेख सदन द्वितीय भएका छन । त्यस्तै सिनियर सदनात्मक छात्र रस्साकस्सी प्रतियोगितामा निलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन भने छात्रा तर्फ हरियो सदन प्रथम र पहेलो सदन द्वितीय भएका छन ।

त्यस्तै कक्षा ४–५ को चम्चा दौड तर्फ शिशिर परियार प्रथम, सुशान्त नेपाली द्वितीय र मिसन घर्ती तृतीय भएका छन । अन्तर विद्यालय स्तरिय चित्रकला प्रतियोगिता कक्षा १–५ मा जनजागृती माध्यमिक विद्यालय गलकोट नगरपालिका–८, काँडेबास प्रथम, शिव माध्यमिक विद्यालय गलकोट नगरपालिका–८, काँडेबास द्वितीय र गलकोट माध्यमिक विद्यालय गलकोट नगरपालिका –३, हटिया तृतीय भएका छन ।


अन्तर विद्यालय कक्षा ६–८ को शब्दनिर्माण हाजिरजवाफ प्रतियोगितामा जनजागृती माध्यमिक विद्यालय गलकोट नगरपालिका–८, काँडेबास प्रथम, प्रगती आधारभुत विद्यालय गलकोट नगरपालिका –७, मल्म द्वितीय र शिव माध्यमिक विद्यालय गलकोट नगरपालिका–८, काँडेबास तृतीय भएका छन भने अन्तर विद्यालय कक्षा ९–१२ को श्रुतिलेखन प्रतियोगितामा गलकोट माध्यमिक विद्यालय गलकोट नगरपालिका –३, हटिया प्रथम, जनजागृती माध्यमिक विद्यालय गलकोट नगरपालिका–८, काँडेबास द्वितीय र गोल्डेन फ्युचर बोर्डिङ स्कुल गलकोट नगरपालिका–४, डाँडाखेत तृतीय भएको छ ।

सोही अवसरमा लायन्स क्लब अफ काठमाडौ ग्लोबल युथ क्लबले कक्षा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीलाई न्यानो कपाडा वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?