महेन्द्र माध्यमिक विद्यालयमा बिभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न


रेशिराम खत्री ’रेशम’, गलकोट ।
महेन्द्र माध्यमिक विद्यालय गलकोट नगरपालिका–२, नरेठाँटी, बागलुङको ६२ औं वार्षिकोत्सबको दोस्रो दिन विभिन्न कार्यक्रमहरु भएका छन् ।
कक्षा नर्सरीको चकलेट दौड तर्फ सनिस नेपाली प्रथम, जेनियुन खड्का द्वितीय र क्रियान कुवँर तृतीय भएका छन भने कक्षा एल.के.जि. र यु. के.जि. को चक्लेट दौड प्रतियोगितामा प्रिन्सा खत्री प्रथम, लक्ष्मी परियार द्वितीय र खुसी कुवँर तृतीय भएका छन् ।
कक्षा १ को चक्लेट दौड प्रतियोगितामा सृष्टि पुन प्रथम, अमिशा नेपाली द्वितीय र वसन्त क्षेत्री तृतीय भएका छ्न । कक्षा नर्सरीको बेलून फुटाउने प्रतियोगितामा सनिस नेपाली प्रथम, दिवानी परियार द्वितीय र रिहान के.सि. शर्मा तृतीय भएका छन भने कक्षा एल. के. जि.को बेलून फुटाउने प्रतियोगितामा करन ठाकुर प्रथम, सुदिन कुवँर द्वितीय र खुसी कुवँर तृतीय भएका छ्न ।
त्यस्तै कक्षा यु.के. जि. को बेलून फुटाउने प्रतियोगितामा अनुरागी कार्की प्रथम, निसान्त नेपाली द्वितीय र प्रिन्सा खत्री तृतीय भएका छन भने कक्षा १ तर्फ भने सृष्टि पुन प्रथम, सृष्टि परियार द्वितीय र रेसिका वि.क. तृतीय भएका छन । त्यस्तै कक्षा २ र ३ को तातो आलु प्रतियोगितामा विवश परियार प्रथम, सावित्री नेपाली द्वितीय र सलिना नेपाली तृतीय भएका छन ।


आधारभुत तहको खुल्ला दौड प्रतियोगितामा छात्र तर्फ अनुप नेपाली प्रथम , निश्चल परियार द्वितीय र रोजन सुनार तृतीय भएका छन भने छात्रा तर्फ गायत्री खत्री प्रथम, अनिसा नेपाली द्वितीय र रक्षा राना तृतीय भएका छन । त्यस्तै माध्यमिक तहको निबन्ध प्रतियोगितामा रेजिना नेपाली प्रथम, नमिता वि. क. द्वितीय र ममता गोतामे तृतीय भएका छन ।
माध्यमिक तहको सम्पन्न भएको लङ्जम्प प्रतियोगितामा पारस नेपाली प्रथम, मनोज वि.क. द्वितीय र तृतीय दिनेश क्षेत्री तृतीय भएका छन भने छात्रा तर्फ पुर्णिामा नेपाली प्रथम, नितु कुवँर द्वितीय र रेजिना नेपाली तृतीय भएका छन ।

माध्यमिक तहको छात्र हाईजम्प तर्फ राजेश वि.क. प्रथम, प्रकाश कार्की द्वितीय र प्रबिन नेपाली तृतीय भएको प्रतियोगितामा छात्रा तर्फ खुसी वि.क. प्रथम, अप्सरा खत्री द्वितीय र सस्कृती क्षेत्री तृतीय भएका छन भने सोही तहको ज्याभलिङ्ग थ्रो छात्र तर्फ अर्जुन नेपाली प्रथम, प्रविन क्षेत्री द्वितीय र राजेश वि. क. तृतीय भएको प्रतियोगितामा छात्रा तर्फ भने रेजिना नेपाली प्रथम, गंगा श्रीस द्वितीय र जमुना श्रीस तृतीय भएका छन ।
उता सिनियर सदनात्मक छात्र रस्साकस्सी प्रतियोगितामा निलो र रातो सदन फाईनल प्रबेश गरेको छ भने छात्रा रस्साकस्सी प्रतियोगितामा हरियो सदन र पहेको सदन फाईनल प्रवेश गरेको छ ।

जुनियर सदनात्मक छात्रा खो–खो प्रतियोगितामा कालिलेख सदन प्रथम र निलुवा सदन द्वितीय भएका छन् भने छात्र तर्फ निलुवा सदन र कालिलेख सदन फाईनल प्रबेश गरेको विद्यालयका प्रधानाध्यापक रेमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको ायादेवी शर्माले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?