डा. चन्द्र भण्डारी दुर्घटना पछि पहिलोपटक गुल्मी आउँदै

भुवन भुसाल, गुल्मी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संघीय सांसद डा. चन्द्र भण्डारी गुल्मी आउनुहुने भएको छ । गत फागुन ३ गते दुर्घटनामा परेपछी सांसद भण्डारी पहिलो पटक आफ्नो गृहजिल्ला गुल्मी आउन लाग्नुभएको हो ।

दुर्घटनापछि आमा गुमाएर आफू गम्भीर घाईते हुनुभएका डा. भण्डारी उपचार पछि बिस्तारै सामान्य अवस्थामा फर्कन लाग्नुभएको हो । केही दिन अगाडि रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी भएर काठमाडौ फर्कनुभएका नेता भण्डारी भोलि बुधबार बिहान नेपाल एयरलाइन्सको जहाज मार्फत गुल्मी जान लागेको जानकारी गराउनुभएको छ । “मनमा औधी रहर हुँदाहुँदै पनि आफ्नै जिल्ला जान पाएको थिएन, अब बिस्तारै स्वास्थ्य ठिक हुँदै छ, जन्मेको ठाउँको, आफुलाई मतदान गरेर जिताएका आम नागरिकको औधी अस्याट लागेको छ, होम सिक जस्तै भएको छु, अब भोली जाँदै छु सार्है उत्साहित भएको छु” नेता भण्डारीले भन्नुभयो ।

गुल्मी रहँदा वहाँ नेपाली कंग्रेस गुल्मीको जिल्ला सम्मेलनमा सहभागी हुनुहुने र स्वास्थ्यले साथ दिए अर्घाखाँचीको सम्मेलनमा समेत सहभागी हुनुहुने वहाँको सचिवालयले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?