प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जनालाई पाँच दिन थुनामा राख्न प्रहरीले अनुुमति पाएको छ ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीहरुलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
हिजो ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।
पक्राउ परेपछि पनि नाराबाजी गर्न नछाडेपछि प्रहरीले एक युवाको मुख समेत थुनेको थियो । प्रहरिले मुख थुनेपछि राप्रपाका सभापति राजेन्द्र लिङदेन लगायतले आपत्ति समेत जनाएका थिय । प्रहरीले मुख थुन्दै लगेको भिडियो सार्वजनक भएपछि लोकतन्त्रमा पनि आफ्नो कुरा राख्न नपाउने यो कहाँको नियम हो भन्दै चर्को आलोचना भएको छ ।
उनीहरुले आफूलाई स्वतन्त्र युवा अभियानका सदस्य भनेर चिनाएका छन्’, रिजालले भने, ‘थप प्रहरी वृत्त, बानेश्वरबाट अनुसन्धान भइरहेको छ ।’
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार यसरी पक्राउ पर्नेमा बागलुङका सोनु शर्मा, बझाङका विप्लव खड्का र खोलुम्बुका उद्धव बस्नेत छन् ।