चन्द्रकोट क्याम्पसमा सभापति पदमा प्रभा पौडेल सर्वसम्मत

गुल्मीको चन्द्रकोट बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी कि प्रभा पौडेल सभापतिमा सर्वसम्मत निर्वाचित भएकी छन् ।
शनिबार मनोनयन दर्ता गर्दा सबै पदमा एकल उम्मेदवार परेपछि क्याम्पसमा सर्वसम्मत स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध निर्वाचित भएको क्याम्पसले जनाएको छ ।
जसको उपसभापतिमा नेविसंघका श्रीराम गौतम ,सचीवमा अनेरास्ववियुका ज्योति विक,सह सचीवमा नेविसंघका रिता गौतम ,कोषाध्यक्षमा अनेरास्ववियुका दीक्षा पौडेल रहेकी छन् ।
त्यस्तै सदस्यमा बालकुमारी थापा क्षेत्री,संगिता विक,ज्ञानु शर्मा,सोनिया नेपाली ,माया पुन र सुस्मिता फौजदार रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?