स्ववियु निर्वाचनः आज दाबी विरोध

स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावअन्तर्गत आज उम्मेदवारको नामावली उपर दाबी विरोध गर्न पाइने छ । आउँदो चैत ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्ववियु चुनाव अन्तर्गत आज दिउँसो २ बजेसम्म दाबी विरोध दिन पाइने छ ।

उम्मेदवारमाथिको दाबी विरोधमा छानबिन गरेपछि आजै बेलुका ५ बजे नामावली प्रकाशन गरिने छ ।यस्तै, दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन पाउने र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?