![](https://www.deshdarshantv.com/wp-content/uploads/2022/06/289750827_1198238260748973_6775002610649545505_n.jpg)
चन्द्रकोट गाउँपालिकाको आ.व. २०७९÷८० का लागि बजेट तथा कार्यक्रम दोस्रो गाउँ सभाको दोस्रो बैठकबाट सर्बसम्मत रुपमा पारित भएको छ । गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको सभाध्यक्षमा सम्पन्न सभामा उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले बजेट पेस गरेका थिए ।
पालिकाले शिक्षा स्वास्थ्य कृषि र उत्पादनमा जोड दिएको पालिका अध्यक्ष खत्रीले बताएका छन । एक वडा एक कृषि, पशु पकेट कार्यक्रम सन्चालन गर्ने , बजेटलाई बितरणमुखी भन्दा पनि उत्पादनमुखी बनाउने उनले बताएका छन ।
साना तथा मझौला खालका उत्पादन एवम उद्योग सन्चालन गर्ने र स्थानिय नागरिकलाई रोजगारीको सृजना गर्नेलाई प्रोत्साहन र अनुदानको ब्याबस्था गर्न बजेट ब्याबस्था गरिएको उपाध्यक्ष भण्डारीले बताएका छन ।
धार्मिक एवम पर्यटनको विकासको लागि आबश्यक बजेट राखिएको बताइएको छ । कृषकलाई उत्पादनमा आधारित अनुदान दिने साथै सिंचाईको लागि आबश्यक बजेट ब्याबश्था गरिएको छ । साथै उत्कृष्ट कृषकलाई अवलोकन भ्रमण कार्यक्रम, कृषकको उत्पादन गाउँपालिकाको अनुदान जस्ता लोकपृय कार्यक्रमलाई बजेट ब्यवस्था गरिएको छ ।
पर्यटनमा दिब्रुङ्ग एवम टिमुरे ताल क्षेत्र सौन्दर्यकरण, होम स्टे संरक्षण तथा प्रर्वद्धन कार्यक्रमलाई आबश्यक बजेट ब्यवस्था गरेको छ । बाल बिकास सहजकर्ता, सहायक कर्मचारी, बिधालय सहयोगी र पालिकाबाट ब्याब्स्थापन गरिएका के जी शिक्षकहरुको सेवा सुबिधामा थप गरिएको उपाध्यक्ष भण्डारीले बताएका छन ।
स्वास्थ स्वमसेबिकालाई यातायात भत्ता थप गर्न आबश्यक बजेट बिनियोजन गरिएको छ । आँखा अप्रेसन शिबिर सन्चालन, बिपन्न गम्भीर प्रकृतिका बिरामीलाई आर्थिक सहयोग,गर्भवती महिलाको लागि भिडियो एक्सरे सेवा, जेष्ठ नागरिकहरुको लागि सुगर जाँच तथा स्वास्थ परिक्षण मासिक रुपमा सन्चालन गर्न आबश्यक बजेट ब्यवस्था गरिएको छ । अध्यक्ष कप भलिबल प्रतियोगिता सन्चालनको लागि बजेट राखिएको छ ।
महिला उधमी तथा उत्पादनमुलक कार्यक्रममा पालिकाले साझेदारी गर्ने, जेष्ठ नागरिकका लागि सम्मान तथा तिर्थाटन कार्यक्रम, जेष्ठ नागरिक मिलन केन्द्रको स्थापना जस्ता लोकपृय कार्यक्रम समेटिएको स्थानिय सरकारका प्रबक्ता घनश्याम खरेलले बताएका छन । बिपन्न नागरिकको घरमा वैद्युत जडान साथै ५० प्रतिशत अनुदानमा वैद्युतिय चुलो वितरण गर्न बजेट ब्यवस्था गरेको बताइएको छ ।