छत्रकोटमा आज उँखु महोत्सव हुँदै , तयारी पुरा

भुवन भुसाल, गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीमा हुने उँखु महोत्सवको तयारी पुरा भएको छ । गाउँपालिकामा उत्पादन हुने मुख्य नगदेबाली उँखुको खेती बिस्तार गरि बजारिकरण र उँखुजन्य खुदो र गुँडको प्रवद्र्धनगर्ने उद्धश्यले महोत्सबको आयोजना गरिएको र तयारी पुरा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर पुनले जानकारी दिनुभयो ।

महोत्सबमा बिभिन्न जातका उँखु, खुदो र थरिथरीका गुँडका स्टल रहने छन भने यसको प्रसोधनको तरिका र प्रविधीको प्रतक्ष्य अवलोकन समेत गर्ने व्यवस्था मिलाईएको पुनले बताउनुभयो । महोत्सब अवलोकन गर्न आएका दर्शकको मनोरञ्जनका लागी स्थानिय कलाकारको प्रस्तुतीका साथै स्थानिय भजन, लाखे नाच, पञ्चेबाजा, सोरठि लगायतका सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिने महोत्सब व्यस्थापन समिती संयोजक एवं उँखु उद्यमी रामकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

बिहान ११ बजे देखी वडा नं ४ दिगामको स्वर्गिय कोशल पोख्रेल स्मृती खेलमैदान कुडरचौर दिगाममा हँुदैछ । महोत्सवको अवलोकन गर्न छत्रकोट गाउँपालिका संगै छिमेकी पालिका बाट समेत दर्शकको सहभागीता रहने पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?