रुकुम पश्चिममा जिप दुर्घटना हुदाँ चालक र सह–चालकको मृत्यु

रुकुम पश्चिममा जिप दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नरपालिकाको चिसापानी नजिकै राडिबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा चालक र सह–चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका कार्यलय आठबिसकोटका अनुसार शनिबार साझ भएको उक्त दुर्घटनामा चालक बाफीकोट गाउँपालिका दुलिका कविराम बि क र सह–चालक मुसिकोट नगरपालिकाका कमल खड्का रहेका छन् । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी आठबिसकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?