काङ्ग्रेस गुल्मीले पार्टी कार्यालय दियो , ब्यवसायी टण्डनले दिए ५० हजार 

भुबन भुसाल बैशाख २७ , गुल्मी

नेपाली काङ्ग्रेस गुल्मीले जिल्ला स्थित पार्टी कार्यालय कोभिड बिरामिको उपचारका लागि आइसोलेसन बनाउने दिने भए सङ्गै ब्यवस्थापनका लागि ब्यवसायी शकर टण्डनले नगद ५० हजार दिने घोषणा गरेका छन ।

गुल्मीको छत्रकोट गाउँपालिका वार्ड न ३ चोयगाका स्थायी बासिन्दा हाल बुटवलमा ब्यवसाय गर्दै आएका टण्डनले गुल्मीमा कोभिडका बिरामिलाइ उपचारमा अभाव नहोस भन्दै ५० हजार सहयोग गरेको बताएका छन ।

म त जिल्ला भन्दा बाहिर छु , जिल्लामा अक्सिजनको अभाव भन्ने खबर सुने देखि नै मन अमिलो भएको थियो , पार्टीले कार्यालय दिने भएछ त्यहा अक्सिजन लगायतका सामाग्री खरिद गर्न सहयोग होस भनेर ५० हजार दिने निर्णय गरेको हु- देश दर्शन टेलिभिजन सङ्ग कुरा गर्दै ब्यवसायी टण्डनले भने ।

गुल्मीमा दिनदिनै संक्रमण व्यापक भएपछी आइसोलेसन बनाउन सजिलो होस भनेर पार्टी कार्यालय प्रदान गरेका छौँ , यो जनताकै कार्यालय हो यस्तो बेलामा काम नलागे किन जनताको पार्टी भन्नू पर्यो र ” नेपाली काङ्ग्रेस गुल्मीका सभापती भुबन प्रसाद श्रेष्ठले भने ।

उनले यो बेला राजनैतिक रुपमा बिभाजित नभै जस्ले जहाँ बाट जति सकिन्छ त्यत्ती सहयोग गर्ने बेला हो भन्दै नगद सहयोग गर्ने टण्डनलाइ धन्यवाद समेत व्यक्त गरेका छन ।

ब्यवसायी शंकर टण्डन लामो समय देखि ब्यवसाय सङ्ग सङ्गै थुप्रै सामाजिक कार्यमा समेत सक्रिय छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?