गुल्मीदरबार गाउँपालिकाको दोश्रो चौमासिक समिक्षा सम्पन्न


भुबन भुसाल , चैत्र २७ गुल्मी

गुल्मीको गुल्मीदरबार गाउँपालिकाको दोश्रो चौमासिक समिक्षा सम्पन्न भएको छ । गाउँपालिकाको सभाहल गौडाकोटमा आयोजित औपचारिक कार्यक्रमका बिच यो चौमासिकमा गाउँपालिका बाट सम्पन्न कामको समिक्षा गरिएको छ ।

स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मिना भण्डारी , प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डे, सबै वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु , राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गाउपालिकाले यो चौमासिकमा गरेका कामको बारेमा जानकारी गराउदै प्रशासकिय अधिकृत पाण्डेले ४०.४१ प्रतिशत चालू तर्फको बजेट खर्च , २१. ४० प्रतिशत पुजिगत बजेट खर्च भैसकेको जानकारी दिनुभयो । वहाले यो बर्ष गत बर्षभन्दा यो बर्ष बजेट समयमै खर्च भएको जानकारी गराउनुभयो ।

गाउपालिकाले कार्यसम्पादन सम्झौता गरेको , सम्झौता बमोजिम काम भएको वा नभएको मुल्यांकन , मासिक इ बुलेटिन प्रकाशन गर्ने नेपालकै पहिलो स्थानिय तह बनेको , गाउपालिकाको लोगो सार्वजनिक , सुचनाको हकको प्रत्याभूत गराउन सुचनाको हतको प्रकाशन , भुमी बैंक स्थापना गरेको , नागरिक सहायता कक्ष स्थापना, नागरिक सहायता पुस्तिका निर्माण , शाखा प्रमुखलाइ स्थायी फोन नम्बरको ब्यवस्था, सबैतर्फ विद्युतिय हाजिरी , सेवा प्रवाहमा नागरिकको सजिलोको लागि पावर ब्याकअपको ब्यवस्था , अनलाइन राजस्व संकलनकालागी आगामी बैशाख २ गते देखि संचालन हुनेगरी सफ्टवेयरको ब्यवस्था गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा जानकारी राख्दै पाण्डेले स्वास्थको क्षेत्रमा गाउपालिकाले कस्तो छ आमा ? कार्यक्रम संचालन गरेको , कृषिको क्षेत्रमा कृषक सङ्ग कृषि प्राबिधिक कार्यक्रम संचालन , उपभोक्ताको सजिलोको लागि वडामै पुगेर समिती सङ्ग सम्झौता गर्ने कामको थालनी गरिएको र उपभोक्ता समितिको सजिलोको लागि योजना सम्बन्धि खाका र कागजात सम्मीलित पुस्तिका बितरण गरिएको जानकारी गराउनु भयो ।

अधिकृत पान्डेले घुम्ती शिबिर मार्फत अपांग परिचयपत्र बितरण गरिएको जानकारी समेत गराउनु भयो । गुल्मीदरबार गाउपालिकाले यहि चौमासिक देखि सन्चारकर्मीलाई सुचना लिन सजिलोका लागि सामाजिक सन्जाल मार्फत आवश्यक सुचना दिने कामको थालनी समेत गरेको छ ।

पाठ्यपुस्तकमा हाम्रो गुल्मीदरबार गाउँपालिका बिषय सहभागी गर्ने , बिपद उद्दार सामाग्री जोहो , जनता सङ्ग गाउपालिका नामक रेडियो कार्यक्रम प्रशारण , स्थानिय तह स्व मुल्यांकन गर्दा समग्र मुल्यांकनमा ६०.५० भन्दा बढी अन्क प्राप्त गरि लुम्बिनी प्रदेशकै पहिलो स्थानीय तह र नेपालमै २३ औं गाउँपालिका समेत बनेको छ ।

प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख टंक पन्थी
सामाजिक बिकास शाखा प्रमुख नवराज घिमिरे, स्वास्थ्य शाखा प्रमुख नारायण अर्याल लगायत सबै शाखा प्रमुख र सबै वडाका सचिबहरुले आफ्नो आफ्नो कार्य प्रगती प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुतीकरण कार्यक्रमपछि उपस्तिथ राजनैतिक दलका नेता, पत्रकार एवं सहभागिले आफ्ना बिचार ब्यक्त गर्नुभएको थियो ।

नेकपा एमालेका जिल्ला कमिटी सदस्य कृष्ण प्रसाद खनालले कार्यक्रममा बोल्दै हाल सम्म गुल्मीदरबार गाउँपालिकाले गरेका काम प्रसम्सा योग्य नै रहेको बताउनु भयो । नेता खनालले जनप्रतिनिधि सधै सबैको साझा र कर्मचारी योग्य हुदा प्रसम्सा योग्य काम गर्न सकिने बताउनुभयो ।
नेपाली काङ्ग्रेस गुल्मीदरबार गाउँपालिकाका सचिब राम बहादुर थापाले गुल्मीदरबार गाउँपालिकाले गरेका कामले स्थानीयहरु खुसी रहेको भन्दै गाउँपालिकालाइ धन्यवाद दिनुभयो ।

नेकपा माओबादी केन्द्रका सचिवालय सदस्य मनिराम ज्ञवालिले गाउँपालिकाले कुमाल जातिको उत्थानका निम्ति अझै धेरै काम गर्नुपर्ने सुझाब दिनुभयो ।

नेपाल पत्रकार महासंघ गुल्मीका नि वर्तमान अध्यक्ष नवराज भुसालले आजकाल गुल्मीदरबार गाउँपालिकाको नाम देशैभर सुनिन लागेको भन्दै कामको प्रसम्सा गर्नुभयो ।
उपस्थितको गुनासो पछि उठेका बिषयमा प्रशासकीय अधिकृत पाण्डेले गाउँपालिकाको तर्फबाट थप प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको संचालन प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख टंक पन्थीले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?