अर्घाखाँचीमा कार दुर्घटना हुदाँ पाँच जना घाइते, तीनको अवस्था गम्भीर

 

अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ सीतापुर झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा कारमा सवार पाँच जना घाइते भएका छन् ।

 

तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन गर्न अएका दर्शन गरेर फर्कने क्रममा कार झोलुङ्गे पुल नजिकै ग३च १५७९ नम्बरको कार दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएको र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ । कार सडकबाट करिब २५ मिटर तल सुपाखोलामा खसेको प्रहरीको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?