छत्रदेवको विकासप्रति स्थानीय बासिन्दामा चरम निराशा

पछिल्लो पाँच वर्षको विकास र परिवर्तनप्रति छत्रदेव गाउँपालिकाका अधिकांस बासिन्दाको असन्तुष्टि बाहिर आउन थालेको छ । स्थानीय तह चुनावसँगै बढेको राजनीतीक सक्रियताले पछिल्लो पाँच वर्षमा हामीले के परिवर्तन पायौँ र चुनाव जित्ने बेला के वाचा गरिएको थियो भन्ने कुरा स्थानीयले खोतल्न थालेका छन् । उदाहरणका लागि छत्रदेव ०८ का सिद्धार्थ खनालले वर्षौँदेखिको खानेपानीको समस्या जस्ताको तस्तै रहेको यर्थाथता झल्काउने ताजा तस्वीर पोष्ट गरेका छन् भने त्यसमा प्राप्त प्रतिक्रियाहरु चुननावका बेला गरिएका वाचा अधुरै रहेको भन्ने भावमा स्थानीय नेतृत्वको चर्को आलोचनामा केन्द्रित छन्  । उनीहरुले नमुना नारा प्रतिपनि तीखो व्यंग प्रहार गरेका छन् । छत्रदेवको नेतृत्व स्वघोषित नमुना भन्दै हिँडेको छ तर, जनता वाचा पुरा नभएको प्रति आक्रोषित भएको देखिन्छ ।

हालै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचकका आधारमा मूल्यांकन गर्दा छिमेकी जिल्लाको धुर्कोट उत्कुष्ट तीनमा पर्यो । छिमेकी मालारानी गाउँपालिकाले स्थान लिँदा छत्रदेवको नाम आएन तर, त्यहाँका पदाधिकारीले भने नमुनाको बाजा बजाइरहेकै छन् ।
उक्त सूचकहरुमा सुशासन, सामाजिक दायित्व, पूर्वाधार विकास लगायत धेरै पक्ष समेटिएका छन् । यसबाट नै बुझिन्छ कि नाराजस्तो काम भइरहेका छैनन् ।

यस विषयमा रेडयो श्रृङ्गेश्वरले हाल गरिरहेको स्थलगत रिर्पोटिङ् र जारी सूचना संकलनपछि स्थानीय सरकारका पाँच वर्ष विशेष खोज अभियानमा चिरफार गर्ने नै छ । तर, आज छत्रदेव ०४ का वसन्त पराजुली बगरको फेसबुक स्टाटस र त्यसमा प्रकट भएका प्रतिक्रियालाई एक भिन्न नमुनाका रुपमा प्रकाशन गरेका छौँ । हेर्नुहोस् पराजुलीको पोष्ट जस्ताको त्यस्तै –

“नेपाल को सान छत्रदेब, अर्घखाँची सुन्दर मेरो देश ! छत्रदेब एस्तो भइसकेछ यति छीटै यस्तो परिबर्तन होला भनेर मैले सोचेको पनि थिइन, म बुटवल देखी आफ्नो गाउँ जॉनको लागि गाड़ी चढ़े,लामो दुरिको गाड़ी खर्जयांग सम्म मात्र जाने रहेछ ,त्यसपछि पालिकाकै गाड़ी चलछ, पालिकालेनै छत्रदेबका यात्रु हरुलाईभनेर गाड़ी सीमा बाट छुटाउछ भन्ने सुनेको थिए,घर नपुगेको पनि झन्डै १४  मैना भएछ, बुटवल बाट झन्डै २ घन्टा मा नै म चढेको एसी बस खर्जयांग पुग्यो,पुल भन्दा पारी पट्टी ठुलो बस स्टेशन बनेको रहेछ,त्यहाँ देखी छत्रदेब नेपालकै सुन्दर अनि नमूना गाउँ पालिका को सिमा प्रारम्भ भएको छ, म अचम्म परे दुबै कतार को एयरपोर्ट मा नि नभएको सिस्टेमेटिक गाड़ी पार्किंग देखेर,चारै तीर फूलै फूल फुलेका ।

रोड divider को बीच मा पुरै रंगिचंगी फूल फुलेका।एउटा क़तार आर्मी को भन्दा ठुलो गेट जसमा लेखिएको थियो” छत्रदेब गाउपलिका मा हजूर लाई स्वागत छ” यस्तो पो गेट ,म बड़ो अचम्म मा परे गरे के नहुने रैछ र ? मलाई त्यों ठाउँ internet मा हेरेको पेरिस भन्दा सुंदर लाग्यो,खर्जयांग नपुग्दै पनि अनेकोँ परिबर्तन हरु मेरो आँखाले नजरअंदाज गरिरहेको थियो ,चार लेनको नागबेलि कालो टीर्लिकक टलकने बाटो, बीच बीच मा अकल्पनीय पुल ,न गाडिले १ पटक हर्न नै बजायो न खाल्टा खुल्टी न अवरोध, ड्राइवर हरु पनि पुरै ट्राफिक नियम को पालना गरेर गाड़ी चलएका,वावा म दंग पर्दै यात्रारत थिए !

अबो फ्रकौ खर्जयांग तिरै, छत्रदेबको गाड़ी चढ़ने अलग्गै सिस्टम रहेछ म त्यता तीर लागे ,1 बजे बुटवल बाट हिडेको त्यहाँ पुगदा जम्मा ३  बजेको थियो,म टिकट काउन्टर माँ पुगे, मन्द मुस्कान संग कहाँ सम्म जाने होला सर भनेर त्याहीकै कर्मचारी ले सोधे,(गाडीका स्टाफ हरु कहाँ जाने ? मैले लैजांन्नछु सस्तो मा लैजान्नछु, मेरो गाड़ी खाली छ मिलाएर लैजान्छू आउनु न आउनु भन्दै पाखुरा मा समातेर लैजाने मान्छे कही कतै मैले देखिन) अनि मैले पनि मन्द मुस्कानको साथमा उत्तर फर्काये म छत्रदेब ४ अमराई सम्म जाने हो अनि उहाँले टिकट दिनु भयो ,cash पैसा नचलदो रैछ मैले एटीएम बाट 20 रुपैया तीरे र स्लिप लिए, हुनत अहिले 2 तिहाइको सरकारले सबै आम नागरिक हरु लाई एटीएम को सुबिधा दिएको छ। 4 बजेको टिकट थियो फ्री टाइम हुनाले म चिया पिउनु पर्यो भनेर साइड मैं रहेको क्याफे तीर लागे ac वाला क्याफे रहेछ आनंदले चिया पीए अनि कति पैसा भयो साउजी भनेर सोधे अनि साउजी ले भन्नु भो जम्मा 5 रुपैया!!

मलाई फेरी अचम्म लाग्यो र भने पहिला म यही ठाउँमा आउदा

अहिले त्यों ठुलो अंतरास्ट्रीय hospital भएको ठाउँ मा एउटा छाप्रो थियो सदै चिया पिन हाम्रो गाडि त्यही रोकिन्थ्यो 20 रुपैया तीरिन्थ्यो भनेको त… साउजिले जफाफ दिदै भने चिया को मूल्य घट्यो सर्, अहिले त यही तपाइको छत्रदेब गाउपलिका मा चीनी उत्पादन हुन्छ,त्यसैले चिया को मूल्य न्यूनतम छ, सर् आजभोलित चायपत्ती पनि यही उत्पादन भई रहेको छ, छत्रदेब प्रोडक्ट भनेर अंतरास्ट्रीय बजार मा पनि यहिकै चिया को माग छ भन्ने सुनिन्छ,म खुसिले गदगद भए र पैसा तिरेर नजिकै को अर्को किराना पसलमा चुइंगम चपाउनु पर्यो यात्रा मा मुख चलाई रहन पाइन्छ भन्ने लाग्यो र छिरे,चुइंगम किनेर क्वाप मुख मा के राखेको थिए पसले दाई ले अली कड़ा स्वर मा भने भाई त्याहा पछाडि फोहोर फाल्ने dustbin छ त्यो कागज टीपेर त्यहाँ राख्नु,दाइले त मेरो नाक नै काटीडीए, 2 जाना केटिहरी मेरै पछाड़ि थिए मलाई नै हेरे कति लाज लाग्यो उफ्फ्फ!!!!

मन्मनि म पनि गाली गर्दै कागज टिपेर डस्टबिन मा राखे र अगाडि लागे,फोहोर को डनगुर हुने खोला को यो ठाउँ मा एस्तो सफा चट्ट ओहो म कहा छू भन्ने मा म आफै कंफ्यूज थिए,लगभग अबो गाड़ी छूटने समय हुदै थियो म गाडिमा गएर आफ्नो सीटमा बसे, सानो चिटिकक को मिनी बस जस्तै गाड़ी रहेछ, 18 सीट वाला, त्यातिकैमा पहेलो सेफ्टी ज्याकेट लगाएका 2 जाना मानिस म बसेको गाड़ी तीर आए र एउटा ड्राइवर सीट मा बस्यो अनि अर्कोले चाइ टिकट चेक गर्न लाग्यो,सधै पीठयु देखिने गरी कपड़ा लगाउने सकेसम्म भोला मुख मा राखेर केटिहरुकै छेउ मा बस्न रुचाउने, केटि देख्यो की नंबर मागी हाल्ने,आज बेलुका त्यहाँ आउ है भन्ने खलासी आज कुनै महायज्ञमा प्रबचन दिने पण्डित जत्तिकै भद्र अनि नम्र स्वर मा बोल्दै थियो,

सधै गाउँमा जादा धूले धूलो भएर माक्स लगाएर हिड्ने म आज माक्स उतै छुटेको पत्तो सम्म पाएको थिइन।गाड़ी ले गति लियो उकालो सुरु भयो पहिले १ गियर मा तान्न धौ धौ मान्ने गाड़ी ले आज सजिलै 3 नं गियर मा सर्रर्रर गाड़ी चल्यो,(कल्पना गर्नुस)बाटो त यस्तो पो मनमनै भने,
कालो पत्रे बाटो मैले यत्तिको बिदेश बसाइमा पनि देखेको थिइन, म गाडिको झ्याल मैं थिए ,चिदिका तीर का घर हरु नियाले ।
खर का छाना हरु कही कतै देखिएन, पुरै नीलो टीन जततातै , प्रत्येक घर माँ कलकल धारा बाट बगिरहेको पानी ,
अझै माथि पुग्दा त्यो बगैचा भएको ठाउँ मा त काय पलट नै भएको रहेछ,सुन्दर children पार्क बनेको रहेछ,केटाकेटी हरु कोही पिंग खेल्दै थिए कोही ट्रेन मा चडीरहेका, कोही इस्केटिंग, कोही फुटबल ओहोऊ ,हरियो दुबो लगाई एको रहेछ ,जून जापान बाट मगाईएको हो रे,मलाई त्यही गाड़ी बाट झरौ झरौ लाग्यो,त्यों कुनै अंतरास्ट्रीय चिल्ड्रन पार्क हो जस्तो लाग्यो मलाई।

म त्यस्ता कैयौ दृश्य हरु आँखा झिमिकक नपारि हेर्दै थिए

गाड़ी बलकोट आईपुगेछ,चापाकारुख मेरो छेउमै बसेको ब्याक्ति ओरलनु भो ,र त्यही बाट गाउँको एक जाना काका पर्ने ब्याक्ति चढ्नु भो,गाड़ी 5 मिनटको लागि मात्र त्यहाँ रोकियो,त्यो अन्तरालमा मेरो आँखा सीदा चाइनीज नंबर प्लेट भएको गाड़ी मा गएर ठोककीयो, अनि भर्खर काका गाडिमा चढ्नु भएको थियो, दर्सन गरिसकेको थिए,
कंडक्टर ले गाड़ी बाटै ड्राइवर को छेउमै जडान गरिएको मेसिन बाट टिकट प्रिंनट गर्दै त्यो काका लाई थमाइडियो 10 न्यूनतम चार्ज रहेछ काका ले एटीएम दिनु भयो स्वीप गर्यो ,फेरी अर्को बिल आयो काका को मोबाइल मा ट्यू ट्यू गर्दै msg आयो, काका मेरो छेउमै बसदै के आयो मोबाइल मा हेरत भन्नुभयो , मैले हेर्दै भने यही टिकट काटेको 10 रुपैया घटेछ एकाउंट बाट त्यही msg हो भने।
,मैले काका लाई सोधे यो चाइनीज नंबर प्लेट को गाड़ी छत्रदेब मा कसरी ?

काका ले उत्तर दिनु भयो, ए लाटा उहिले झै मानिस र ,?नून बोक्न पत्थर कोट जानू पर्ने, अहिले त यो गाड़ी सीदा चाइना बाट आएको हो अबो यहाँ को बुद्दचित्त को दाना लिएर उच्च सुरक्षा को साथ चीन जान्छ , तेरो माइला बा ले मात्र यो बर्स 38 लाख को बेच्यो,हाम्रो मा अझै टिपेको छैन ठेकेदार ले हेरेर 27 लाख दिन्छु भनेर फिक्स गरेर गएको छ, गाउँमा अहिले यसको अरबौको उत्पादन छ,20/40 लाख त गाउ मा जुनसुकै संग गोजी मैं हुन्छ,हाम्रो छत्रदेब त के भयो के भयो बाबू, पालिका को अदक्ष्य त भगबान नै रैछ ,।
ए अँ यति मात्र कहा हो र अहिलेत हाडे कोट को पानी ले गर्दा गाउका पाटा भरि पुरै तरकारी खेती छः बेमौसमी फलफूल ,तरकारी मेरै बाट मात्र अस्ति 2 लाख 15 हजारको लाग्यो।

हेर बाबु पानी नभएर रैछ ,हामीले चोरझुन्डा गोबिन्द पौडेल संग किनेर खाने गार्थयू,हेर त अहिले घर घर मा 24 घन्टा 25 mm भरिको पानी आउछ,सबका बारी भरी काक्रो ,घिरौला लौका, फर्सी, भेंनडी, बोडी, गोबी,अनेक छन अमराई को कृषि सेवा केन्द्रले गाउँको उत्पादनमा खराबी नहोस भनेर 150 कर्मचारी 4 नंबर वार्ड मा मात्र खटाएको छः।बिसादी बीयू मल, प्राविधिक टोली , बाजार ब्यबस्थापन सबै ब्यबस्था पालिका ले नै गर्दछ ,हामीले त उत्पादन मात्र गर्दीने हो बाबू ,गाड़ी दिनदिनै बिहान 9 बजे आउछ ,बास हामीले टिपेर लोड गर्दीने हो।
अझै थपदै काका ले भने मैले तरकारी टिप्न मात्र 2 जाना रामेंछापका केटाहरू राखेको छू मासिक 30/30 हजार दिएर

तँ ता धेरै मा आइस यो पनि थाहा छैन होला तलाई, तल तेरो घर पालतिरपट्टी दामदिंग फाट मा ठुलो बाख्रा फार्म खुलेको छ, लगभग 15 सय बाख्रा मात्र छन, बोका खसि अरु गरेर 45 सय छन भन्थ्यो गन्ने कुरा भएन,तेरो खेत नेर ब्यबस्थित बधसाला छ ,, तेरो जग्गा अलिकति त्यसमा परेको छ पालिका ले तेरो बुवा लाई बार्षिक 15 लाख दिने सहमति भएको छ ,मासु उत्पादन गाउँ मैं हुन्छ , ट्रक का ट्रक बोका चौवा हुदै इण्डिया लैजान्छ,दूध उत्पादनका लागि छत्रदेब मा 49 ओटा फॉर्म छन ।

दिन माँ 10 टन दूध मात्र बुटवल लैजान्नछन बिहान ट्यांनकर जस्ता गाडिले लैजान्छ ,बाजा खेतहरु पुरै खोल्सा खोल्सा मा ड्याम बाधेर सिंचित भए, गहु मकै कोदो फापर पुरै अनतरास्ट्रीय इस्तर मा export हुन्छ,पुरै बाजो जमीन हराभरा भइसक्यो , मान्छे सहर हैंन गाउ मैं घडेरी किन्न लागे, 6 मैना पैला 1500 जाना लेबर सप्तरी बाट मगाईएको थियो छत्रदेब गाउपलिका ले त्यो नपुग भएर अबो एकदमै मेहनती लेबर अहिले भारत को पंजाब बाट 800 जाना मगाउदै छ रे मलाई पनि 5 जाना चाहिएको छ,काका बोल्दै थिए अमराई आईपुगिएछ।म सुन्दै थिए ,एक्कासि अमराई को परिबर्तन देखेर म यहाँ झन्डै अमराई नै हैंन भन्न लागेको।स्कूलको बिल्डिंग पनि झन्डै कतारको खलीफा स्टूडियम जस्तो,म हत्तन पत्त गाड़ी बाट झरे अनि नियाले,डबल ल्यान बाटो, पानी धारोमा बगिरहेको रहेछ,धारामा गएर पानी पीएं,

आहा चिसो पानी क्या मिठो मन नै हराभरा भयो,उता पट्टी फर्केर एउटा सीसै सिसाको बिल्डिंग हेर्दै थिए त्यत्तिकै मा पोखरा लेखेको ठुलो टूरिस्ट बस सललल गर्दै आयो ,त्यसमा भएका सबै यात्रुहरु त्यही बिल्डिंग को गेट मा झरें,
मैले मण्टो फरकाई बिल्डिंग को माथि पट्टी हेरे लेखिएको थियो” होटल छत्रदेब”5 स्टार वाला रहेछ पोखरा घुमेर अबो नेपालकै नमूना गाउपलिका छत्रदेब घुमन भनेर आएका सबै बेलायती नागरिक हरु राहेछन,एउटा खैरे मेरै छेउमै रहेको धारा मा आएर पानी पियो अनि भन्यो wow amazing!!!

I love nepal , अनि अली पर ठुला ठुला पाइफरु देखे के को पाइप हो छुट्ट्याउन सकिन अनि अली पर रहेको तिलक दाई को दुकान मा गएर सोधे दाई यो के को पाइप?दाइले भन्नु भयो “पेट्रोलको’छत्रगंज पेट्रोल पंप मा सीदा लिंक छः संधिखर्क डिपो देखी” म सुन्दै थिए अनि फेरी दाइले थप्नु भो भाई उता हेर रेलको लीग देखिस अबो 3 मैनामा छत्रदेब भरी रेल चलाउने गरी दुर्त्त गतिमा काम भैरहेको छ,भाई तैले भन्थिस नि काठको पोल ढल्यो फलाम को चाहियो, हेर त अहिलेत पुरै बिजुली अंडरग्राउंड भई सक्यो।कही पोलको आबस्यकता नै छैन झलमला पार्नको लागि मात्र अगला अगला पोल छन ,अहिलेत छत्रदेबमा कति बेला रात पर्छ कति बेला उज्यालो हुन्छ छुट्ट्याउन लाइ घड़ी नै हेर्नु पर्छ,उ हेर हेर सुर्खेत जाने 2 तले बस आयो म त हेरेको हेरै भये यार।

बस क्रस भयो अनि दाई संग भोली गफ गरौला है भन्दै टयाक्सि लियेर घर तर्फ लागे ,पालिकाले आफ्नो जनताको लागि भनेर 1 किलोमीटर बराबर 1 रुपैया लाग्नेगरी taxy सेवा दिई रहेको रहेछ, म खहरे तर्फ लागे ,पहिला पहिला बाइक मा जादा 17 ठाउँ मा पलटी पलटी गएको आज taxy मा जादा अनौठो फील गरिरहेको थिए।

taxy को सीसा बाट एसो पारी पट्टी हेर्दै थिए ,केबुल कार पो देखछु, खाल पीपल को रुख नेर ठुलो पुल देखछु, खोल्सा हरु मा ड्याम बाधेर पूरा पानी भरी भराउ , खोला मा नि मान्छेको चहलपहल गाड़ी बाइक कुदेका छन,।
अनि हतार मा मैले ड्राइवर लाई सोधे दाई यो केबुल कार कहा बाट कहां जान्छ?उनले उत्तर दिए भाई यो तल सेरी खोला बाट रातापोखरा चलने केबुलकार हो।अहिले 18 डिब्बा सन्चालित छन अस्ति टेण्डर आव्वान गरिएको थियो बार्षिक 88 करोड़ मा चलाउने सहमति अनुसार माधब पंनथीले टेण्डर आफ्नो हात मा पार्नु भो’मैले फेरी सोधे केबुलकार चढेर मान्छे हरु के को लागि जान्छन रातापोखरा मा?

के छः र तेहा भतकेको स्कूल बाहेक ?

मेरो प्रश्न खस्न नपाउदै चालक ले भने ओहोऊ भाई पनि कति भो र गाउ न आएको ?
त्यहाँ त भाई अहिले अंतरास्ट्रीय स्थरको क्रिकेट स्टूडिएम सुरु भो, रिसोर्ट हरु छन, बिदेसी खेलाडीहरु प्रैक्टिस गर्न आउछन अली मुनि पट्टी इंटरनल एयरपोर्ट छ, त्यहाँ को अरु संरचना हरुको बर्णन गरी साध्य छैन भाई गयेरै हेर्नु ,म चुप लागे अनि सोचे ओहो मुलुक संघीयता मा गैइस्केपछि एस्तो हुने रैछ ,हाम्रो पालिका अदक्ष्य त भगबान नै रैछन ,एक बर्स मैं एत्रो बिकास,नमूना छत्रदेब बनाउने भन्दै भाषण त निकै गर्थे
हो रैछ , बोलेको कुरा त पूरा गरेरै छोडेछन,हुनत झरि बादल बर्खा नभनी भोट दिएर जिताएकै हो आज बल्ल जिताएको जस्तो महसूस गर्न पाइयो। धन्य अदक्ष्य ज्यू!!!!!

म बाटै बाट घर आउदा त एस्तो परिबर्तन यूरोप भन्दा राम्रो देखे,अझ छत्रगंज ,ठुलापोखरा , अर्घातोश , भगबति तीर कस्तो भएको होला भन्ने मन माँ कुरा खेलाउदै थिएएक्कासि दाइ 2 प्लेट मोमो प्याक गर्दीनु त भन्दै एकजाना भाई काउंटर मा आयो म झसंग भए आँखा खोले, म त होटल कै काउंटरमा निदाएर सपना देखिरहेको रहेछु दिउसो 12 बजे नै
हैट
बिपना भै दिओस जस्तो लाग्यो
तर के गर्नु 
अबो तपाइको प्रतिक्रियाको पालो
बसन्त पराजुली बगर
अर्घाखाँची छत्रदेब 4″

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?