गायक रवि ओड विरुद्ध ‘वैवाहिक बला*त्कार’ आरोपमा पक्राउ पुर्जी जारी

 

काठमाडौं । गायक रवि ओडविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै ओडकी श्रीमतीले दिएको जाहेरीका आधारमा अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार ओडकी श्रीमतीले यही चैत २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिनुभएको थियो ।

प्रवक्ता पन्तका अनुसार ओड हाल सम्म पक्राउ पर्नुभएको छैन र खोजीकार्य जारी छ । ओड नेपाल आइडल सिजन-२ का विजेता हुनुहुन्छ ।

नेपाल भ्युजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?