रुरुक्षेत्र र छत्रदेवको संयुक्त लगानीमा गंगा किनारमा विश्राम स्थल शिलान्यास

भुवन भुसाल, गुल्मी । रूरूक्षेत्र गाउँपालिका र छत्रदेव गाउँपालिका, अर्घाखाँचीको लागत साझेदारीमा कालीगण्डकी किनार रिडीमा विश्राम स्थल बन्ने भएको छ । तीन जिल्लाको संगम हिन्दु धर्मावलम्बीको अन्तिम दाहसंस्कार गर्ने ठाउँ रिडिमा आज एक कार्यक्रमका बीच विश्राम स्थलको शिलान्यास गरिएको छ । दाहसंस्कार गर्न आउनुहुने मलामीहरूको सुविधाको लागी छत्रदेव(रूरूक्षेत्र विश्रामस्थल ९शौचालय, खानेपानी र बस्नेस्थल० को आज रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले सामुहिक रुपमा शिलान्यास गर्नुभएको हो ।

 

वैदिक विधि पुर्वक शिलान्यास कार्यक्रम पछि संक्षिप्त प्रतिक्रिया दिंदै रुरुक्षेत्र अध्यक्ष ज्ञवालीले दाह संस्कार गर्न आउने मलामीलाई सजिलो होस भन्नका लागि यो योजना बनाएको बताउनुभयो । उहाँले यो काममा हातेमालो गर्ने छत्रदेव गाउँपालिका अध्यक्ष लगायत पालिका परिवारलाई धन्यवाद दिनुभयो । छत्रदेव गाउँपालिका अध्यक्ष श्रेष्ठले रुरुक्षेत्र, रिडि, कालीगण्डकीलाई राजनैतिक सिमानाले कुनै एउटाको भन्न नमिल्ने भन्दै सामुहिक सम्पत्ति भएको प्रतिक्रिया दिनुभयो । आफू धेरै पटक मलामी आउँदा बस्ने ठाउँ नभएको, खाने पानी, शौचालय सम्म नभएको पाएपछी रुरुक्षेत्र गाउँपालिका संग साझेदारी कार्यक्रम मार्फत यो विश्राम स्थल बनाउन लागेको बताउनुभयो । “यो कोहि एक पालिका वा जिल्लाको होईन, यहाँ अर्घाखाँची बाट पनि दाह संस्कार गर्न आउने गर्छौं, तसर्थ हामीले हाम्रो पालिकाबासी लगायत सबैलाई सहज होस भन्ने उद्देश्यले यो काम सुरु गरेका हौं” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

 

कार्यक्रममा रुरुक्षेत्र उपाध्यक्ष मिनादेवी गौतम, छत्रदेब गाउँपालिका उपाध्यक्ष मनि पन्थी , रुरुक्षेत्र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे र छत्रदेवका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे, ईन्जिनीयर साजन पाण्डे, वडाध्यक्षहरु नवराज वि।क,भिमलाल खनाल , निवर्तमान वडाध्यक्ष रामलाल वि।क। गाउँपालिकाका कर्मचारी, स्थानीय समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

 

कुल ३५ लाख ५८ हजार, ४ सय ९१ रुपैयाँ २८ पैसामा काम सम्पन्न गर्नेगरी जुरेढुङ्गा कन्ट्रक्सन एण्ड सप्लायर्स गुल्मीले निर्माणको जिम्मा पाएको छ । सम्झौता अनुसार आगामी जेष्ठ ३० गते सम्म काम सम्पन्न गर्नुपर्ने भएपनी निर्धारित समय अगावै काम सक्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?