छत्रकोटमा दादुरा रुवेला खोपको तयारी पुरा, १३ सय ५० बालवालिकालाई खोप लगाउने लक्ष्य


भुवन भुसाल, गुल्मी । गुल्मीका ७ वटा पालिकामा सोमवार देखी दादुरा रुवेला खोप अभियान संचालन हुँदै छ । ९ महिना पुरा भई ५ वर्ष ननाघेका बालवालिकालाई यो खोप दिन लागिएको छत्रकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख स्याम सुन्दर पोख्रेलले जानकारी दिनुभयो ।

भोलि सोमबार देखी सुरु हुने खोप अभियानको सबै तयारी पुरा भएको पोख्रेलले बताउनुभयो । अभियानमा छत्रकोटका १३ सय ५० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको समेत वहाँले बताउनुभयो । यस अभियानमा कोहि पनि लक्षित बालबालिका नछुटुन भन्नका लागी सबै सचेत हुन समेत उहाँले आग्रह गर्नुभयो । “खोप अभियान राष्ट्रिय अभियान हो, यो अभियानमा छत्रकोटका स्थायी वासिन्दा मात्र होईन, यहाँ अस्थायी बसोवास गर्नेहरुका बालवालिका लाई पनि सहभागी गराउनु पर्छ, ज्याला मजदुरी गर्नेहरुका बालवालिका छुट्न सक्ने जोखिम हुनेभएकाले सबैले सचेत बनेर यसबारे जनचेतना फैलाउन आवस्यक छ” पोख्रेलले भन्नुभयो ।

छत्रकोटमा २९ वटा खोप केन्द्रबाट खोप सेवा दिईने छ । कार्यक्रम फरक फरक स्थानमा फरक फरक दिन संचालन हुने भएकाले गाउँपालिकाको स्वास्थ्य शाखा, नजिकको स्वास्थ्य संस्था वा सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका संग बुझ्न आग्रह गरिएको छ । खोप कार्यक्रम बिहान १० बजे देखी बेलुका ४ बजे सम्म संचालन हुने पोख्रेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?