छत्रकोट गुल्मीमा प्रभावकारी जलवायु नमुना कार्यक्रमः सुन्तला, कागती खेती बिस्तार देखी प्राङ्गारिक खेती सम्म

भुवन भुसाल, गुल्मी । छत्रकोट गाउँपालिका वार्ड नं ४ श्रृगा गुल्मीका दामोदर कंडेलले जिवनको लामो समय भारतका बिभिन्न सहरमा रोजगारी गर्नुभयो । बिगत ५ वर्षदेखी वहाँ आफ्नै जन्मथलोमा कृर्षि पेशामा रमाउनुभएको छ । उहाँको बारिमा ३ सय बोट कागती, ३० बोट सुन्तला छन् भने ३ रोपनी क्षेत्रफलमा तरकारी र तरकारीका बेर्ना उत्पादन गर्दै आउनुभएको छ ।

उहाँले ४ वर्ष सम्म तरकारी खेती गर्दा रासायनिक मल र रासायनिक किटनासक बिषादी प्रयोग गर्दै आउनुभएको थियो । तर उहाँमा एकाएक परिवर्तन आएको छ । आफुले उत्पादन गर्ने तरकारी वरपरका गाउँले र आफ्नै परिवारले खाने हो, जानिजानी परिवार र गाउँलेलाई बिषाधी खुवाउनु पाप हुने उहाँ बताउनुहुन्छ । अहिले उहाँले उत्पादन गर्ने तरकारीमा घरमै बनाएको कम्पोष्ट, भर्मिङ्ग कम्पोष्ट मलका साथै आफैले तयार पारेको जैविक बिषादी प्रयोग गर्दै आउनुभएको छ । उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो “यदि टनेलमा खेती गर्ने हो भने सानो जग्गामा धेरै र चाहेको मौैषममा चाहेको खेती गर्न सकिने रहेछ । रासायनिकको प्रयोगले छिटो धेरै उत्पादन हुने भएपनी प्रांगारिक मल र बिषादी प्रयोग गर्दा बोट बलियो हुने र लामो समय फल्ने रहेछ, तसर्थ पनि स्वास्थ्यका साथै उत्पादनका लागी पनी जैबिक मल र आफैले बनाएको झोल मल बढि प्रभावकारी हुने रहेछ ।”

त्यस्तै दुर्गाकुण्ड बहुउद्धेस्यीय कृषक समुहका अध्यक्ष गणेश प्रसाद कंडेल यो क्षेत्रको अगुवा किसान हुनुहुन्छ । लामो समयदेखी कृर्षि पेशामा आवद्ध उहाँले हालका वर्षमा रासायनिक मल र बिषादीको प्रयोगलाई न्युन पार्दै शुन्यमा झारेको बताउनुहुन्छ । अर्कि किसान कमला कंडेलको बारीमा अहिले केराउ र खुर्सानी खेती छ । उहाँले पनी आफ्नो उत्पादनमा रासायनीक सामाग्रीको प्रयोग गर्न छाडेको बताउनुभयो ।

घर नजिकै बनेको जलवायु परिवर्तन अनुकुलन तथा उत्थानशील कृर्षि प्रविधि सिकाई केन्द्रले यहाँका किसानलाई रासायनिक मल र जैविक बिषादीको प्रयोगले हुने हानी र त्यसको सट्टामा जैविक मल र जैविक झोल मलको प्रयोगबाट हुने फाईदा प्रयोगात्मक कार्यक्रम गरेर देखाएपछि यहाँका किसान प्रांगारिक खेती तर्फ आर्कषित भएका हुन । वन तथा वातावरण मन्त्रालय अन्र्तगतको सर्शत कार्यक्रम बाट संचालित जलवायु नमुना कार्यक्रमले यहाँका किसानलाई तालिम, आवस्यक सामाग्री प्रदान, डेमो कार्यक्रम मार्फत किसानकै सहभागीतामा प्रयोगात्मक कार्यक्रमहरु संचालन गरेर किसानलाई प्रागाँरिक खेती तर्फ आर्कर्षित गराएको हो । कार्यक्रमले छत्रकोट ४ श्रृंगामा ३ रोपनी क्षेत्रफलमा प्रांगारिक तरकारी खेतीको डेमो फर्म संचालन गरेको सिप्रेडका कृर्षि प्राविधिक शोभाकर पोख्रेलले जानकारी दिनुभयो । जलवायु अनुकुलन कृर्षि प्रविधी प्रसार गर्नका लागी ईसिमोडको आर्थिक सहयोगमा सिप्रेडले सिकाई केन्द्र स्थापना गरि प्राविधिक सहयोग प्रदान गरिरहेको छ ।

संचालित डेमो फर्ममा यहाँका २७ जना व्यवसायीक किसानले सिप ज्ञान सिकेर अर्गानिक तरकारी खेती बिस्तार गर्न थालेका छन् । दुर्गाकुण्ड बहुउद्धेस्यीय कृषक समुहका अध्यक्ष गणेश प्रसाद कंडेलले जानकारी दिनुभयो । कार्यक्रमले बिषादी रहित तरकारी उत्पादनका लागी तालिम, झोल मल एक दुई तिन, आईपिएम पद्धतीबाट किरा नियन्त्रण मल्चिङ्ग प्रविधी, थोपा सिंचाई लगायतको सहयोग किसानहरुलाई गरेको छ । श्रृंगामा मात्र होईन छत्रकोट गाउँपालिकामा संचालित यस कार्यक्रमबाट वडा नं ३ को काउले काभ्रेका किसान पनि प्रतक्ष्य लाभान्भित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?