पब्लिक लुम्बिनी युनाईटेड अस्पतालमा बुधबार मनोरोग विशेषज्ञ डा. शर्मा आउने

भुवन भुसाल, गुल्मी । गुल्मी,पाल्पा र अर्घाखाँचीका नागरिकले बुधवार मनोरोग विशेषज्ञ सेवा पाउने भएका छन । ३ जिल्लाको संगम छत्रकोट ५ खर्ज्याङ गुल्मीमा संचालित पब्लिक लुम्बिनी युनाईटेड अस्पतालमा डा. भास्कर शर्मा आउनुहुने भएको अस्पतालले जनाएको छ ।

 

लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा कार्यरत डा. शर्मा एक दिनका लागी विशेषज्ञ सेवा दिन आउनुहुने अस्पतालका अध्यक्ष कमल पाण्डे सरोजले जानकारी दिनुभयो । अध्यक्ष पाण्डेका अनुसार बिहान १० बजे देखि अपराह्न ४ बजे सम्म डा. शर्माले बिरामीको जाँच, परामर्श र उपचार गर्नुहुने छ ।

 

टाउको दुख्ने समस्या भएका, मन उदास भईरहने, आत्मबल कम हुने, निद्रा नलाग्ने, अनावश्यक शंका लाग्ने, मनमा धेरै कुरा खेल्ने, मिर्गी सम्बन्धि समस्या, जाँड रक्सी, गाँजा र अन्य नसा सम्बन्धि समस्या भएका बिरामीले  सेवा लिन सक्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?