भोलि गुल्मीका चार पालिकामा सार्वजनिक बिदा


गुल्मी ।४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा गुल्मीका चार वटा स्थानीय तहले  भोली मंगलबार सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाका  कालीगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरबार गाउँपालिकाले मगर दिवसको अवसर पारेर फागुन १५ गते अर्थात् मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

उनीहरूले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?