नगर प्रहरी भर्नाको लागि छत्रकोटले निकाल्यो बिज्ञापन, यसरी दिनुहोस आबेदन

भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले नगर प्रहरी भर्ना गर्ने भएको छ । पालिकाको शान्ती सुरक्षा र कतिपय अवस्थामा गाउँपालिकाले बनाएका नियम कार्यान्वयन गर्न समेत महत्वपूर्ण हुने नगर प्रहरी भर्नाका लागी पालिकाले सुचना निकालेको छ ।

एक जना नगरप्रहरी सहायक निरिक्षक र ४ जना नगर प्रहरी जवान गरि ५ जनाको लागि आवेदन खुला गरिएको छ । आईतबार बसेको कार्यपालिका बैठकको निर्णय बमोजिम बिज्ञापन आव्हान गरिएको प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनद्वारा हस्ताक्षरित  सुचनामा उल्लेख छ ।

नगर प्रहरीमा भर्ती हुन चाहानेले सुचना जारि भएको १५ दिन भित्रमा पालिकामा निबेदन दिनुपर्ने छ ।फागुन २८ गते सार्वजनिक बिदा परेकाले फागुन २९ गते भित्र अावेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।

यस्तो छ सुचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?