धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।
मंगलबार धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको स्रोतले बताएको छ । उनीहरूले आ–आफ्नो ठाउँमा केरकस्ता कामहरू भइरहेका छन्, भन्ने विषयमा केन्द्रित भई कुराकानी भएको स्रोतले बतायो ।
भेटमा मेयर हर्कले धरानमा पानी ल्याउने काम कसरी भइरहेको छ भनेर आफ्ना अनुभव साटेका थिए। कुनै समय कमेन्टमा बाझाबाझ गर्ने दुई मेयरले एकअर्कालाई सिलाम साक्मा लगाइदिएका थिए। सिलाम साक्मालाई जीवन सुरक्षा कवजको रूपमा लिइने गरिन्छ।