उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचितः कति मतभार रह्यो ?

नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।

आज शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन्।

निर्वाचन आयोगका अनुसार रामसहाय प्रसाद यादवले संघीय सांसद तर्फ– १८४ को मतभार १४हजार ५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५ हजार ७९२ पाएका छन्।

उनले कुल ३० हजार ३२८ मतभार पाएको जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले जानकारी दिए। यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छैन।
उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको थियो। निर्वाचनमा नेकपा एमाले का अष्टलक्ष्मी शाक्य बोहरा, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार रहेका थिए ।

अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको थियो । सङ्घीय संसदका सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?