उपराष्ट्रपति निर्वाचनको मतदान सम्पन्न,मतगणना साढे ३ बजेबाट हुने

नयाँ उपराष्ट्रपतिको निर्वाचनमा मतदान सम्पन्न भएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदानको साढे ३ बजेबाट मतगणना सुरु हुनेछ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।

बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । मतगणनापछि आज नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका २१ जना अनुपस्थित भए ।

उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य  बोहरा, सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?