सांसद डा भण्डारीलाई २ बजे श्री एयरलाइन्सबाट मुम्बई लगिने

नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ ।

बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । हाल कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सचिवालयले जनाएको छ ।

स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी इन्टुबेसन गरी अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् । सांसद भण्डारीकी आमाको भने बिहीबार विहान कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?