सांसद डा.भण्डारीलाई थप उपचारका लागि भारत लगिदै

खाना पकाउने ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । कीर्तिपुर अस्पतालका डाक्टरको सिफारिस अनुसार सांसद भण्डारीलाई भारतको मुम्बईमा रहेको नेशनल बर्न अस्पताल लैजाने तयारी गरिएको उहाँका स्वकीय सचिव भुवन भुसालले बताउनुभएको छ ।

यसअघि भण्डारीले आफ्नो उपचार स्वदेशमै गर्न आग्रह गर्नु भएको थियो । तर, उपचार सम्भव नभएकाले भारत लैजाने तयारी भएको हो ।

कीर्तिपुर अस्पतालले बिहान विज्ञप्ति निकालेर दुवै जनाको स्वास्थ्य अवस्था जटिल रहेकाले देश बाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको थियो । अस्पतालको जलन उपचार विभागका प्रमुख डाक्टर किरण नकर्मीका अनुसार सांसद भण्डारीको अनुहार, दुवै हात र दुवै गोडा गरी शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?