मृत्युसंग लडिरहेका सांसद डा. भण्डारीलाई पर्यो अर्को ठुलो बज्रपातःउपचारको क्रममा आमाको अस्पतालमै निधन

आफै स्वयम अस्पतालको आइसियुमा मृत्युसंग लडिरहेका सबैले मन पराएका लोकपृय तथा बौद्धिक नेता एबम् सासंद डा. चन्द्र भण्डारीमाथी झन ठुलो बज्रपात परेको छ । खाना पकाउने ग्यास सिलिण्डरबाट आगो फैलिदा जलेर घाइते भएका बौद्धिक तथा लोकपृय नेता एवम् सांसद डा.चन्द्र भण्डारीलाई मातृ शोक परेको छ । सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी किर्तिपुर अस्पतालको आइसियुमा उपचाररत हुनुहुन्थ्यो । उहााँको करिब ७० प्रतिशत भाग जलन भएको अस्पतालले जनाएके थियो ।

उपचारको क्रममा सासंद भण्डारीकी आमा ८६ बषीय हरीकला भण्डारी को अस्पतालमै निधन भएको हो । उहाँको आज बिहान १०ः५७ मिनेटमा प्राण गएको सांसद डा.भण्डारीको सचिवालयले जनाएको छ।

उहाँहरुको अवस्था जटिल रहेकाले उपचारका निम्ती अस्पतालले देश बाहिरको सुबिधा सम्पन्न देशमा लैजान सिफारिस गरेको थियो । सांसद डा. भण्डारी भने स्वदेशमै उपचार गराउने कुरामा अडान लिएका छन् । उहाँहरुलाई गएराति साढे १० बजे उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइएको थियो । सासंद डा.भण्डारीको भने कीर्तिपुरस्थित बर्न अस्पतालमा आइसियुमा राखेर उपचार भैरहेको छ।उहाँको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

कीर्तिपुर अस्पतालले थप उपचारका लागि उहाँहरु दुवै जनालाई देश बाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको थियो।
खाना खाए्र सुतिसकेपछि ग्यास लिक भएको थाहा पाएर भान्सामा पुग्नुभएका सांसद भण्डारीले बत्ती बाल्दा आगो उहाँको शरिरमा फैलिएको थियो घटना भएलगत्तै उहाँहरुलाई तुरुन्तै अस्पताल पुर्याइएको पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?