ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका लोकपृय सासद चन्द्र भण्डारी र उनकी आमाको अवस्था गम्भीरः नेपालमा संभव नभएपछि थप उपचारका लागि भारत लैजाने तयारी

खाना पकाउने ग्यास सिलिण्डरबाट आगो फैलिदा जलेर घाइते भएका बौद्धिक तथा लोकपृय नेता एवम् सांसद डा।चन्द्र भण्डारी र उहाँकी आमा हरिकलाको स्वास्थ्य अवस्था जटिल रहेको कीर्तिपुर अस्पतालले जनाएको छ । उहाँहरुलाई गएराति साढे १० बजे उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइएको थियो । कीर्तिपुर अस्पतालले थप उपचारका लागि उहाँहरु दुवै जनालाई देश बाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको छ। सासद भण्डारी र उहाकी आमालाई थप उपचारका लागि भारत लैजाने तयारी भएको उहाँको सचिवालयले जनाएको छ ।

 

खाना खाए्र सुतिसकेपछि ग्यास लिक भएको थाहा पाएर भान्सामा पुग्नुभएका सांसद भण्डारीले बत्ती बाल्दा आगो उहाँको शरिरमा फैलिएको थियो घटना भएलगत्तै उहाँहरुलाई तुरुन्तै अस्पताल पुर्याइएको पारिवारिक स्रोतले जनाएको छ । गए रातिदेखि उहाँहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा आइसियुमा राखेर उपचार भैरहेको छ।

 

अस्पतालका मेडिकल डाइरेक्टर डा। निजिना ताम्राकार र डा। किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लगेर छिटो उपचार गर्न सिफारिस गरेका हुन्।

किर्तिपुर अस्पतालले एक बिज्ञप्ती जारी गर्दै सांसद भण्डारीको अनुहार, दुवै हात, दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलन भएको छ भने उहाकी आमाको करिब ७० प्रतिशत भाग जलन भएको बताएको छ।

‘दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाँको कारण जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ,’ चिकित्सकहरूले भनेका छन्।
चिकित्सकहरुले उनीहरुको अवस्था गम्भीर रहेकाले उनीहरुको यथोचित उपचार नेपालमा सहज नभएकाले देश बाहिर सुबिधासम्पन्न स्वास्थ्य सस्थामा यथासिघ्र स्थानतरण गर्न सिफारीस गरेकाले उनीहरुको थप उपचारका लागि भारत लैजाने तैयारी भएको उनका स्वकिय सचिब भुवन भुसालले बताएका छन्।

सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल र नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलगायतले अस्पताल नै पुगेर जानकारी लिएका थिए।
त्यसैगरी राष्टिय स्वतन्त्र पार्टीका सभापती रबि लामिछानेले ट्वीट गर्दै उहाहरुको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले लेखेका छन् ।,पृय चन्द्र भन्डारी दाइ, म अन्तरआत्मा देखि नै तपाईं र ममतामयी आमाको स्वास्थ्य लाभको कामना गर्द्छु। तपाईंको उपचारमा कुनै कमी नहोस् है भनेर भर्खरै प्रधानमन्त्री ज्यु लाई पनि विनम्र अनुरोध गरेको छु। सिङ्गो पार्टी समेत तपाईंको शिघ्र स्वस्थलाभको कामना गर्दछु।

गए राति सांसद भण्डारीको बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर बिस्फोट भएको थियो। खाना खाएर सुतिसकेपछि ग्यास सिलिण्डर विस्फोट भएको भण्डारीका स्वकीय सचिव भुवन भुसालले बताउनुभएको छ । ग्यास लिक भएको अनुमान गरिए पनि विस्फोट के कारणले भयो भन्नेबारे खुलेको छैन । नेपाली कांग्रेसका नेता भण्डारी गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट भारी मतका साथ निर्वाचित हुनुभएको हो ।सम्पुर्ण नेपालीको मन मा स्वच्छ छबी बनाएका आदर्षवान नेता डा। चन्द्र भण्डारी र उहाकी आमा हरीकला भण्डारीको सिघ्र स्वास्थ्य लाभको कामना ।हामी सबैले कामना गरौ उहाँहरु छिट्टै निको हुनुहुनेछ र हामीहरुमाझ आउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?