
भुवन भुसाल , असार १० गुल्मी।
गुल्मीको गुल्मीदरबार गाउँपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सर्वसहमतीले पास भएको छ ।
गत असार ७ गते बसेको दोश्रो गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम माथी आज पालिकामा छलफलका लागि समय छुट्याईएको थियो ।
छलफलका लागि दिईएको समयमा वडा न ५ का वडा सदस्य ज्ञान बहादुर श्रेष्ठले तटबन्ध , बिपद लगायतका कार्यक्रम अझै थप्न सुझाब दिनुभएको थियो ।
सदस्य श्रेष्ठको जवाफमा पालिका अध्यक्ष सरोज कुमार थापाले सो कार्यक्रमहरु बजेटमा ल्याईएको बताउनुभएको थियो ।
छलफल पछि सभामा निर्णयार्थ पेस गरिएको प्रस्ताब सर्वसहमतिले पास भएको छ ।
नीति तथा कार्यक्रम पास भए सङ्गै गाउँपालिकामा आज नै आगामी आर्थिक बर्ष २०७९÷०८० को बजेट प्रस्तुत गरिदै छ ।
गाउँपालिकाको दोश्रो गाउँसभाको प्रथम अधिबेशन अहिले पालिकाको सभाहलमा चलिरहेको छ ।