अखिल नेपाल किसान महासंघ छत्रकोट गुल्मी : दानबहादुर पल्लीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेपाल कम्युनिष्ट पार्टी एमालेको जनसंगठन अखिल नेपाल किसान महासंघ छत्रकोट गुल्मीको प्रथम अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले गाउँपालिकाका ६ ओटै वडाबाट प्रतिनिधित्व रहने गरी दानबहादुर पल्लीको अध्यक्षतामा २५ सदस्सीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । आईतबार भेंडुवामा आयोजित एक औपचारिक समारोहबीच उक्त कार्यसमिती चयन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद कमलराज श्रेष्ठले किसानको हकहितका लागि एमालेका सबै तहका सरकार र संयन्त्रले गरेका प्रयासको देखिने गरी प्रभाव परेको बताउनुभयो ।
किसानलाई उत्पादनमा प्रेरित गर्ने तथा बिचौलियालाई निषेध गर्ने एमालेको स्पष्ट नीती रहेको र त्यसको कार्यान्वयनमा सबैको सहकार्य आवश्यक भएको उल्लेख गर्नुभयो ।

 

सांसद श्रेष्ठले  “भन्नुभयो आफ्नो उत्पादनको मूल्य बुझेर बिचौलिया बन्न खोज्नेतर्फ किसानहरु सचेत हुनुप¥यो, तपाइँहामीले सचेत गराउनुप¥यो ।”
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा छत्रकोट गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी, नेकपा एमाले प्रदेश कमिटी सदस्य होमनाथ कण्डेल, एमाले जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल किसान महासंघ गुल्मीका संयोजक विष्णुप्रसाद पन्त, एमाले जिल्ला कमिटी सदस्य विष्णु पौडेलको विशिष्ठ आतिथ्यता रहेको थियो ।

त्यस्तै, अखिल नेपाल किसान महासंघ गुल्मीका सह संयोजक तथा महासंघका रुरुक्षेत्र अध्यक्ष तिलकराज ज्ञवाली, एमाले जिल्ला कमिटी सदस्य रामप्रसाद पाण्डे, एमाले जिल्ला कमिटी सदस्य तथा छत्रकोट कमिटी अध्यक्ष पिताम्बर अर्याल, एमाले जिल्ला कमिटी सदस्य तथा जिल्ला समन्वय समिती सदस्य गंगा पन्तको आतिथ्यता रहेको थियो ।

वक्ताहरुले  “खेतदेखि ओठसम्म, गोठदेखि ओठसम्म” अभियानलाई सरल, सहज र किसानमैत्री बनाउन सकेमात्र वास्तविक किसानको मनोवल उच्च राख्न सकिनेमा जोड दिए ।कार्यक्रम संचालकको भुमिकामा रहेका नेकपा एमाले छत्रकोट गाउँकमिटीका सचिव यज्ञबहादुर पाण्डेले हामीले वर्षौँदेखि भोग्दै आएको बाबुले श्रमिक नपाउने र छोराले श्रम नपाउने समस्या नै हाम्रो समस्याको जड भएको उल्लेख गर्नुभयो ।

एमाले नेता विष्णुप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय कृषक, पार्टीका विभिन्न संगठनका नेताकार्यक्रर्ता र समर्थकहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?