कांग्रेस नेतृ उर्मिला एमाले प्रवेश, उपमहासचिव ज्ञवाली द्वारा स्वागत

तस्बिर : कमल पाण्डेको फेसबुकबाट

भुवन भुसाल, गुल्मी । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि उर्मिला आचार्य नेपाली नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा वहाँ एमाले प्रवेस गर्नुभएको हो ।

नेतृ नेपालीलाई नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीले नेकपा एमालेमा स्वागत गर्नुभएको छ । पार्टी प्रवेस कार्यक्रममा वहाँलाई एमाले जिल्ला कमिटी अध्यक्ष बालशिंह काउछा, एमाले छत्रकोट अध्यक्ष पिताम्बर अर्याल, छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय, एमाले नेता फर्शुराम पाण्डे, डिलाराम न्यौपाने लगायतले टिकामाला लगाएर पार्टिमा स्वागत गर्नुभएको छ । नेपाली कांग्रेस परित्याग गरि एमाले प्रवेस गर्नुभएकी नेपाली गुल्मी छत्रकोट गाउँपालिका वडा नं ५ कि वडा सदस्य समेत हुनुहुन्छ ।

कांग्रेस पार्टी भित्रकी कृयाशिल नेतृको रुपमा स्थापित नेपालीले किन पार्टी परित्याग गर्नुभयो भन्ने प्रश्नमा पहिले
बाटो बिराईएको र अहिले आफ्नै घर फर्किएको प्रतिकृया दिनुभयो । वहाँ काग्रेस प्रवेस गर्नु अघी माओवादीमा हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?