
दुर्गा घायल गुल्मीे
नेकपा एमाले गुल्मी रुरुक्षेत्र रुपन्देही सम्पर्क मंचले भोलि फागुन २८ गते बुटवलमा आयोजना गरेको बृहत् अगुवा कार्यकर्ता भेलाको सम्पुर्ण तयारी पूरा भएको छ ।बुटवल मिलनचोकको सिद्धार्थ कटेजमा आयोजना गरिएको उक्त कार्यक्रमको मंच व्यवस्थापनदेखि स्वयंसेवक परिचालनसम्मका सबै तयारी पुरा भएको आयोजकले बताए ।
शनिबार आयोजित सभालाई पुर्व परराष्ट्रमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवाली, पुर्व मन्त्री तथा प्रदेश सांसद लिला गिरि लुम्बिनी प्रदेश सांसद कमल राज श्रेष्ठ लगाएतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी माहोल सुरु भए संगै नेकपा एमाले गुल्मी रुरुक्षेत्र रुपन्देही सम्पर्क मंचले अगुवा कार्यकर्ता प्रशिक्षणलाई तीव्र बनाएको छ ।
सो भेलामा रुरुक्षेत्रबाट रुपन्देहीमा कर्मथलो बनाएर बसेका नेकपा एमालेका कार्यकर्ताहरुको उत्साहजनक उपस्थिती रहने कार्यक्रम संयोजक हेम थापाले जानकारी दिनुभयो । संयोजकका अनुसार भेलामा करिब ६०० भन्दा बढीको सभागिता रहनेछ । कार्यक्रम भोलि फागुन २८ गते दिउँसो १ बजेबाट सुरु हुनेछ ।