
नेकपा (एमाले) सम्बद्ध रिटर्नी फेडेरेसन नेपाल को प्रथम गुल्मी जिल्ला भेला मंगलबार सम्पन्न भएको छ।
भेला आयोजक कमिटीका संयोजक रविलाल पन्थको अध्यक्षता बाट शुरु भएको कार्यक्रमको प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली , विशिष्ट अतिथी फेडेरेसन केन्द्रीय कमिटी अध्यक्ष चन्द्र रोका, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य जंग नेपाली , लगायत फेडेरेसनका केन्द्रिय कमिटीका नेताहरु तथा एमाले जिल्ला कमिटीका नेताहरुको सहभागी रहेको थियो।
मदन स्मृति भवन तम्घास गुल्मीमा सम्पन्न भेलाले रविलाल पन्थको अध्यक्षतामा २१ सदस्सीय जिल्ला कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा महेन्द्र रायमाझी र प्रेमबहादुर रोका , सचिवमा हुतराज गौतम , उपसचिव मेघराज कण्डेल र कोषाध्यक्ष युवराज भण्डारी चयन हुनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिदै नेता ज्ञवालीले बिदेशमा लामो समय ज्ञान सिकेर फर्केका रिटर्नीहरुले विदेशमा सिकेर आएको ज्ञान र सिप र कमाएर आएको पूँजीले समृद्ध नेपाल निर्माणको अभियानमा लाई टेवा पुर्याउने बताउनु भयो ।
कार्यक्रमको संचालन राजेन्द्र पन्थीले गर्नुभएको थियो भने स्वागत मन्तव्य मेघराज कंडेल ले दिनुभएको थियो ।