पुर्ण खोपको सुनिश्चितता र दिगोपना सङ्गै सरसफाइ प्रवर्द्धन समिक्षा गोष्ठि सम्पन्न


रामकृष्ण कडेल, माघ १३, गुल्मी ।

गुल्मीदरबार गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा पुर्ण खोपको सुनिश्चितता र दिगोपना सङ्गै सरसफाइ प्रबर्धन सम्बन्धि पालिका स्तरिय समिक्षा तथा कार्ययोजना गोष्ठि सम्पन्न भएको छ ।

आइतवार र सोमबार गरि दुइ दिन गरी कार्यक्रम सम्पन्न गरिएको छ । गाउपालिकाका ७ वटै वडाका स्वास्थ्य सस्था प्रमुखहरु , खोप कार्यकर्ताहरु र वडा अध्यक्षहरुको गोष्ठिमा सहभागिता रहेको थियो ।

गोष्ठिले पुर्ण खोप सुनिश्चितताको लागि घरधुरि सर्वेक्षण गर्ने, प्रत्येक खोप केन्द्रमा खोपको साथमा प्रत्येक महिना सरसफाइ सम्बन्धी कार्यक्रम गर्ने, सर्वेक्षणको क्रममा खोप सेवा बाट कहिकतै बालबालिका छुटेको भए खोप प्रदान गर्ने लगाएतका बिषयमा कार्ययोजना पारित गरेको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको अध्यक्षता , गाउपालिका अध्यक्ष अशोक कुमार थापाको प्रमुख आतिथ्यता र उपाध्यक्ष मिना भन्डारिको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको सहजिकरण स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गर्नुभएको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत , प्रमुख अतिथि लगाएतले गुल्मीदरबार गाउपालिकामा सन्चालित स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु अत्यन्तै उत्कृष्ट र पृथक रहेको भन्दै गाउपालिकाका सम्पुर्ण नागरिकको स्वास्थ्य स्थिति सुधारको लागि अहोरात्र लाग्नुहुने स्वास्थ्य सम्योजक लगाएत सम्पुर्ण स्वास्थ्यकर्मीलाइ धन्यवाद दिनुभएको थियो ।

स्वास्थ्य शाखा सहसम्योजक स्टाफ नर्स एलिना खड्काको स्वागत रहेको कार्यक्रममा वडाहरुको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष्य हरिहर गौतम सम्पुर्ण सहभागी हरुको तर्फबाट जुभुङ्ग स्वास्थ्य चौकीका प्रमुख रोशन जिसिले धन्यवाद मन्तव्य राख्नुभएको थियो । साथै गौडाकोट स्वास्थ्य चौकीकी सिनियर अनमी सृजना पोख्रेलको आइतवार रेसुङ्गा नगरपालिकामा सरुवा भएकोले सोहि कार्यक्रममा गाउपालिकाको तर्फबाट टिका माला र मायाको चिनो सहित बिदाइ समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?