शिक्षा क्षेत्रको सुधारमा छत्रकोटको एक्सन, कक्षा कोठामा मोवाईल निषेध


भुवन भुसाल, भदौ ०९ गुल्मी

गुल्मीको छत्रकोट गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएदेखी बिबिध क्षेत्रमा जनमुखी र परिणाममुखी निर्णय गर्न थालेको छ । आज छत्रकोटमा बसेको गाउँ शिक्षा समितिको बैठकले कक्षाकोठामा मोवाईल फोन लैजान नपाउने निर्णय गरेको छ ।

अब देखि गुल्मीको छत्रकोट गाउँपालिकाका कुनैपनी बिधालयमा शिक्षक एवं बिद्यार्थीले मोवाईल फोन लैजान नपाउने भएका हुन । कक्षा कोठामा मोवाईल फोन लैजाँदा अध्ययनको समयमा मोवाईल फोन बज्ने, भाईब्रेट हुने गर्दा शिक्षण सिकाई कृयाकलापमा असर परेको भन्दै सो निर्णय गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीका अनुसार निर्णय कार्यान्वयन भए नभएको पालिकाबाट अनुगमन गरिने र कक्षाकोठामा मोबाइल फोन लगेको पाईए उक्त फोन नै जफत गरिने समेत निर्णय भएको छ । आजै सम्पन्न बैठकले आगामी भाद्र ३० गते भित्र गाउँपालिका भित्रका सबै बिधालयमा व्यवस्थापन समिती गठन गरिसक्नु पर्ने र ३० गते पछि अहिलेको समिती स्वत: निष्क्रिय हुने निर्णय गरेको छ ।

गाउँपालिकाको सभाहलमा गाउँ शिक्षा समितिको बैठक बसि पालिका भित्रको शैक्षिक गुणस्तर सुधारका निम्ति अपनाउनुपर्ने उपायका बिषयमा छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?