“पत्रकार महासंघ गुल्मीमा स्वेच्छाचारीता बढ्यो, शुद्धीकरणको नाममा मनलाग्दी गरियो” : संस्थापक अध्यक्ष श्रेष्ठ

भुवन भुसाल, गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठले नेपाल पत्रकार महासंघ गुल्मीमा स्वेच्छाचारीता बढेको बताउनुभएको छ । नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

श्रेष्ठले पत्रकार महासंघले बहालवाला उपाध्यक्ष समेतको सदस्यता खारेज गरिएको, बैठक समेत नराखी स्वेच्छाचारी तरिकाले निर्णय गरिएको, अग्रजको अपमान गरेको आरोप लगाउनुभयो । वहाँले अहिले पत्रकारीतामा कृयाशिल साथीहरूको समेत सदस्यता खारेज गरेर निरंकुश निर्णय गरेको बताउनुभयो ।

“पत्रकार प्रकाश घिमिरे आज पनि पत्रकारीतामा कृयाशिल छन, उनको मुख्य पेशा नै पत्रकारीता हो उनको सदस्यता के कारणले खारेज गरिएको हो” श्रेष्ठले प्रश्न गर्नुभएको छ । वहाँले बहालवाला उपाध्यक्ष, सहसचिव नै अवैध भनेपछी संस्था कसरी बैध रहन्छ ? वहाले प्रश्न गर्नुभएको छ ।
प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल प्रमुख अतिथि रहेको कार्यक्रममा लम्सालको नाम लिंदै श्रेष्ठले गुल्मीमा देखिएको यो समस्या समाधान गर्न आग्रह समेत गर्नुभयो । पत्रकार शुद्धीकरण अभियानले गरेका केही निर्णय चित्त नबुझेर आन्दोलनमा होमिएका साथीहरुले लगाएको ताला फोरिएको भन्दै श्रेष्ठले महासंघमा प्रजातान्त्रिक व्यवस्था हराएको बताउनु भयो । “आन्दोलन हुन्छन, समाधान पनि हुन्छन तर छलफल त हुनुपर्ला नि , बैठक राखौं भन्दा पनि नमान्ने ?” श्रेष्ठले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?