३६ बर्ष अगाडि पहिलो तलव ३९० रुपैयाँ, निबृत्त हुँदा ४३ हजार ६ सय ९०, हरी सरको बिदाई


भुवन भुसाल, गुल्मी । कृषि ज्ञान केन्द्र तम्घासको ४ नं कोठामा पुग्दा मुसुक्क हाँसेर किसानलाई नमस्कार गर्ने अलिअली ठट्टा गर्दै स्वागत गर्ने अधिकृत नचिनेको सायदै गुल्मीमा कोहि किसान छन । उनी हुन हरि प्रसाद आचार्य । सबैले हरि सर भन्ने उनी आज २०८० साल असार १३ गते कृषि ज्ञान केन्द्रमा पाहुना बनेर पुगे । कारण थियो आज उनको औपचारिक जागीरे जिवनको बिदाई ।

कृषि ज्ञान केन्द्रमा उनलाई ठुलै सम्मान साथ कुर्सीमा बसाईयो, मालाले टाउकै छोपिने गरेर लगाईयो, दोशल्ला ओडाईयो, मायाँको चिनो प्रदान गरियो न त पाउनेको मनमा उल्लास न दिनेको मनमा । सबैका आँखा टिलपिल गर्दै गह भरिएका, गला अबरुद्ध बनेका । उनका बर्षौं देखिका सहकर्मीले आफ्नो साथीलाई काम बाट बिदाई गर्दै थिए त नयाँ पुस्ताका कर्मचारीले हरि सर यो कसरी गर्ने रे भन्दै ४ नं कोठामा पुगेर अनुभव साट्न नपाउने भएका थिए ।

हरि प्रसाद आचार्य गुल्मीको रेसुङ्गा नगरपालिकाका स्थाई वासिन्दा हुन । उनले २०४० साल चैत्र ६ गते कृषि क्षेत्रमा अस्थायी प्रवेस गरेका हुन सेवा प्रवेसको छोटो समयमै उनी २०४३ साल असोज ९ गते नायक प्राबिधिक सहायक पदमा स्थायी जागिर खाएर तत्कालिन कृषि विकास केन्द्र रुकुममा पुगे जुन पद अहिलेको खरदार सरह हो ।

तत्कालीन पन्चायत सरकार, बिकासले फड्को नमारेको अवस्था, बाटोघाटो जहाँतहिं थिएन हिँडेरै एक अर्को जिल्ला गर्नुपर्थ्यो उनले आफू अस्थायी जागिरे हुँदा ३ दिन लगातारको पैदल यात्रा गर्दै दाङदेखि रुकुम सम्मको यात्रामा उठेका खुट्टाको फोरा आज पनि उसैगरि सम्झन्छन । भन्छन “कहाँ त्यो बेला कहाँ आज, कति हिंडियो हिंडियो सम्झी साध्य छैन, सवारी साधन त के राम्ररी बल्ने ब्याट्री वाला लाईट र नचुहिने छाता पनि थिएन त्यो बेला भाग्यमा” ।

उनी २०४० सालमा स्थायी जागिरमा प्रवेस गरे संगै ४५ सालसम्म प्युठानमा सेवा गरे । ४५ देखि ४६ सम्म एक बर्ष दाङ मा सेवा गरेका उनले २०४६ सालदेखी ४८ साल सम्म रुकुम ( त्यतीबेला अहिले जस्तो रुकुम पुर्व र रुकुम पश्चिम् भन्ने थिएन, एउटै जिल्ला थियो ) जिल्लामा सेवा गरे ।

त्यत्तीबेला उनको तलब मासिक जम्मा ३ सय ९० रुपैयाँ थियो । तर पनि अहिले जस्तै आवस्यकता पुर्ती गर्न पर्याप्त थियो त्यो रकम किन कि आजको जस्तो महंगी कहाँ हुदो होला त्यो बखत ।

उनले २०४८ सालदेखी २०६२ साल सम्म आफ्नै गृह जिल्ला गुल्मीमा सेवा गरे । त्यस बेला सम्म पनि मानिसलाई तरकारी खेतीबाट पैसा आर्जन हुन्छ भन्ने थिएन । “तरकारी त तिउन थियो, आटो निल्न नुन मात्रै भए हुन्थ्यो न फल्नेले बेच्थ्यो न नफल्नेले किन्थ्यो तरकारी त केवल आटो निल्ने तिउन थियो सम्झाउन कम्ता गारो थियो त्यो बेला तरकारी खेती व्यवसायिक बनाउन सकिन्छ भनेर ?” उनी आज पनि ती दिन सम्झन्छन ।

उनले २०६२ देखि २०६४ सम्म तनहुँको बन्दिपुरमा सेवा गरे फेरि २०६४ सालमा गुल्मी आएका उनी यसै बर्षको जेठ महिनामा कृषि अधिक्रित पदबाट सेवा निबृत्त बनेर औपचारिक बिदाई भएका छन ।

तरकारी केवल सितन हो भन्ने जमाना, बर्खामा फलेका फर्सिका मुन्टा, त्यही सिजनको सोस्ता र सिमि, मुलाको सागको गुन्द्रुकलाई मात्र तरकारी सम्झने त्यो बेला देखि मौसम देखि बेमौसम सम्म तरकारी उत्पादन गरि स्वास्थ्यका निम्ति आटो संगै थरिथरीथरीका तरकारी चाहिन्छ भन्ने सिकाउन हरि सरले आफ्नो पुरै उर्जावान जीवन खर्च गरे । रैथाने जात बचाउदै बेमौसमी र हाईब्रीड जातको सम्म खेती गरेर उत्पादन बढाउन सकिन्छ भन्ने सिकाउन हरि सरले हातका नंग्रा र मस्तिष्कका नसा खिआएका छन । १८ बर्षे युवा अवस्था देखी ४८ बर्ष सम्म आईपुग्दा हरि प्रसाद आचार्यले कृषि क्षेत्रमा गरेको योगदान अबिष्मरणिय रहिरहने छ ।

बिदाई हुँदै गर्दा हरि सर सामाजिक संजालमा लेख्छन

“यो विदाई सन्देश लेख्दा,
मेरो हृदय भावनाहरूको तीतो मिश्रणले भरिएको छ। आज, म एक कृषि अधिकृत रूपमा मेरो जीवनको एक असाधारण अध्यायलाई बिदाइ गर्दछु, जुन हाम्रो प्यारो देश, नेपालको विभिन्न क्षेत्रहरूमा ३६ वर्ष लामो यात्रा गरेको छ।यी वर्षहरूमा, म हाम्रो कृषि क्षेत्रमा उल्लेखनीय वृद्धि र प्रगति देखेकोमा भाग्यशाली छु। मैले खेतहरू फस्टाएको, बाली फस्टाएको र किसानहरूको मुस्कान नयाँ समृद्धिले चम्किरहेको देखेको छु। यो रूपान्तरणमा योगदान गर्न पाउनु एउटा सुअवसर भएको छ, तपाईं जस्तै समर्पित व्यक्तिहरूसँग हातमा हात मिलाएर काम गर्नु, जसले कृषिलाई अगाडि बढाउने र हाम्रा किसान समुदायहरूको जीवन उत्थान गर्ने जोश साझा गर्दछ।यस्ता प्रतिभाशाली र प्रतिबद्ध सहकर्मीहरूसँगै सेवा गर्ने अवसर पाएकोमा म अत्यन्तै आभारी छु। तपाईंहरू प्रत्येकले हाम्रो साझा मिशनमा सीप, ज्ञान र अनुभवहरूको अद्वितीय सेट ल्याउनुभएको छ। सँगै, हामीले चुनौतीहरूको सामना गरेका छौं, अवरोधहरू पार गरेका छौं, र अनगिन्ती सफलताहरू मनाएका छौं। तपाईहरुको अटल सहयोग, सद्भाव र सहकार्यले यो यात्रालाई अझ अविस्मरणीय र भरपर्दो बनाएको छ ।
म किसान र ग्रामीण समुदायहरूप्रति ऋणी छु जसले मलाई खुल्ला हातले स्वागत गर्नुभयो, मलाई लचिलोपन, संसाधन, र कृषिको वास्तविक आत्माको बारेमा अमूल्य पाठ सिकाउनुभयो। जमिन खेती गर्ने, हाम्रो राष्ट्रलाई पोषण गर्ने, र भावी पुस्तालाई जोगाउनको लागि तपाईंको अटल संकल्प मेरो करियरमा मेरो मार्गनिर्देशन प्रकाश भएको छ। तपाईंको विश्वास, साझेदारी, र तपाईंले म मा राख्नुभएको अटल विश्वासको लागि म सधैं आभारी छु।कृषि अधिकृत रूपमा आफ्नो भूमिकाबाट टाढा जाँदा, म विश्वस्त छु कि हामीले मिलेर निर्माण गरेको विरासत फस्टाउँदै जानेछ। दिगो कृषि अभ्यासहरू, नवीन प्रविधिहरू, र ग्रामीण समुदायहरूलाई सशक्त बनाउने हाम्रो साझा प्रतिबद्धताले नेपालको कृषि परिदृश्यमा अझ उज्यालो भविष्यको लागि मार्ग प्रशस्त गर्नेछ।यस महान पेशाप्रतिको आफ्नो समर्पणमा अडिग रहन म सबैलाई आग्रह गर्दछु। नयाँ प्रविधिहरू अँगाल्नुहोस्, परिवर्तनलाई अँगाल्नुहोस्, र सिक्नको लागि सधैं खुला रहनुहोस्। कृषि एक सधैं विकसित क्षेत्र हो, र यो हाम्रो जिम्मेवारी हो नवाचार, अनुसन्धान, र विकास को अगाडि रहन। त्यसो गरेर, हामी हाम्रो देशको भाग्यलाई आकार दिन, हाम्रा किसानहरूको जीवनमा ठोस परिवर्तन गर्न जारी राख्न सक्छौं।जब म जीवनको नयाँ चरणमा प्रवेश गर्छु, म हामीले सँगै बनाएका सम्झनाहरूलाई कदर गर्नेछु। अबेर रातिको छलफल, साझा हाँसो र उद्देश्यको सामूहिक भावना सधैंभरि मेरो हृदयमा कोरिनेछ। म अब कृषि अधिकारीको उपाधि धारण गर्न नसके पनि जीवनले मलाई जहाँ पनि लैजान्छ, मभित्र जलिरहेको कृषिप्रतिको जोशले मेरो कार्यलाई निरन्तरता दिनेछ।
म सरकार, कृषि विभाग र हाम्रो यात्रामा हामीलाई साथ र मार्गदर्शन गर्नुहुने सबै सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तपाइँको मित्रता, सहयोग, र तपाइँ संग सेवा गर्ने अवसर को लागी पुन: एक पटक धन्यवाद। म हाम्रो अन्तरक्रियालाई धेरै मिस गर्नेछु, तर विभिन्न क्षमताहरूमा पनि हाम्रा मार्गहरू फेरि भेटिन सक्छन् हाम्रो प्रयासको बीउ भविष्यमा फुल्नेछ जहाँ कृषि फस्टाउँछ र किसानहरूको सपना साकार हुन्छ।भन्ने कुरामा म सान्त्वना पाउँछु।
हरी प्रशाद आचार्य
रेसुङा नगरपालिका ०४ खोरपाटा , गुल्मी”

हरि सरको सुस्वास्थ्य दिर्घायु एवम् सेवा निबृत्त जिवनको सफलताको कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?