चन्द्रकोट २ का शिक्षकले राजनिती वा जागिर मध्य एक छोड्नुपर्ने, नत्र कारवाहि गर्ने अध्यक्ष केशीको चेतावनी

भुवन भुसाल, गुल्मी

गुल्मीका एक वडा अध्यक्षले शिक्षण पेशा या राजनीति मध्य एक रोज्न शिक्षकहरुलाई निर्देशन दिएका छन । चन्द्रकोट गाउँपालिका वार्ड नं २ बिशुखर्कका वडा अध्यक्ष कमल केशीले सरकारले सामुदायिक बिधालयमा लगानी बढाईरहने तर बिद्यार्थीको नतिजा खस्किरहेको प्रती चिन्ता गर्दै यस्तो निर्देशन दिएका हुन ।

स्वतन्त्र रुपमा कैँची चुनाव चिन्ह लिएर वडा अध्यक्षमा निर्वाचित भएका उनले बिधालयमा शिक्षकहरुमा राजनितीक गन्ध आएको गुनासो बढेकाले करारका कर्मचारीको विवरण, गत बर्षको नतिजा र करारका कर्मचारीलाई निरन्तरता दिनुपर्ने कारण सहित ३ दिन भित्र वडा कार्यालयमा लिखित सहित उपस्थित हुन प्रधानाध्यापकहरुलाई निर्देशन दिएका छन ।

कस्तो छ निर्देशन ?

सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले भनेका छ “यस चन्द्रकोट गाउँपालिका वार्ड न. २ का सामुदायिक बिधालयमा स्थानीय सरकारले हरेक पटक मनग्य लगानी गरिरहेको सर्वबिदितै छ । सरकार सामुदायिक बिधालयमा लगानी थपिरहने बिधालयमा बिद्यार्थीको नतिजा दैनिक रुपमा खस्किरहेको गुनासो अभिभावक मार्फत वडा कार्यालयमा आएका छन । तसर्थ यस वडा भित्रका सबै सामुदायिक बिधालयमा करारमा भर्ना गरिएका शिक्षकको बिवरण र गत बर्षको कक्षा ५,८ एसईई र कक्षा १२ को प्राप्त नतिजा समेत समाबेस गरि ३ दिन भित्र वडा कार्यालयमा उपस्थित हुन साथै करारका कर्मचारी निरन्तर गरिरहनुपर्ने कारण के हो सो को व्यहोरा समेत खुलाई लिखित समेत समावेस गर्नुहुन सबै प्रधानाध्यापक ज्यु हरुमा अनुरोध छ ।”

युवाहरुमाझ लोकप्रिय रहेका उनले सामाजिक संजालमा थप लेख्छन “बिधालय जस्तो पबित्र संस्थामा राजनीतिक दलमा आवद्ध शिक्षकहरु रहनुभएको र वहाँहरु बाट राजनीतिक विभेद समेत भएको, यसले पठनपाठनमा असर पुगेको भन्ने अभिभावकको गुनासो आएकोले राजनीतिक दल तिनका भातृ संस्थाको पदाधिकारी रहनुभएका शिक्षकहरुले ३ दिन भित्र दलको पद वा शिक्षक पेशा मध्य एकबाट राजिनामा दिएको व्यहोरा सहितको पत्र वडा कार्यालयमा पेस गर्नुहुन अनुरोध गर्दै अटेर गर्ने शिक्षकहरुमा कानुन बमोजिम गर्न वडा कार्यालय बाध्य हुने कुरा अवगत गराउँदछौ ।”

 

“हामी सबै मिलेर नै हो हाम्रो ठाउँ राम्रो बनाउने” भन्दै उनले “शिक्षा क्षेत्र सुधार्ने अभियानमा हातेमालो गर्नुहुन सबैमा हार्दिक अपिल गर्दछु” भनेका छन । उनले सामजिक संजाल बाटै यस्तो अपिल गरेपछी सबैले उनको पक्षमा धारणा राखिरहेका छन । सामुदायिक बिधालयको स्तर उकास्न राजनीति गर्ने शिक्षक हटाउनु आवस्यक रहेको धेरैको तर्क छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?