किसानको जीवन उकास्ने न्यौपाने राष्ट्रपति बाट बिभुषित

भुवन भुसाल, काठमाडौ

किसानको खेर गैरहेको कृषि उपज खरिद र बजारीकरणको ग्यारेन्टी गर्ने ध्रुब न्यौपाने राष्ट्रपतिको हातबाट बिभुषित भएका छन । पैंचो पसलको परिकल्पना गरि ग्रामीण भेगमा रहेका साना किसानलाई व्यवसायिक किसान बनाई उनिहरुको आर्थिक उपार्जनमा टेवा पुर्याएको भन्दै उनलाई नेपाल सरकारले प्रवल जनसेवा श्री बिभुषण प्रदान गरेको हो ।

आज नयाँ बर्ष २०८० को पहिलो दिन उनलाई राष्ट्रपती कार्यालय सित्तलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त बिभुषण प्रदान गरेका हुन । गुल्मी बाट सुरु भएको पैचो पसलले हाल नेपालका अधिकांस जिल्लाका किसानलाई व्यवसायीक बनाउदै उनिहरुको उत्पादनको बजारीकरणको ग्यारेन्टी समेत गर्ने गरेको छ ।

किसान संग भएका उत्पादन र उनिहरुलाई आवस्यक सामाग्री साटासाट गर्ने पुरानो पैचो प्रथालाई उनले आधुनिक बनाउदै पैचो पसलको अवधारणा बनाएका हुन । हाल पैचो पसलले जग्गा र जाँगर भएका तर सीप र लगानी नभएका युवाहरुलाई कृषिको आवस्यक सीप, आवस्यक सामाग्री सहयोग, निशुल्क प्राबिधिक सेवा र उत्पादन पछिको बजारीकरणको ग्यारेन्टी गर्दै आईरहेको छ ।

 

गुल्मीको छत्रकोट गाउँपालिका वार्ड न १ हुँगामा जन्मिएका न्यौपाने सानै उमेर देखि नयाँ नयाँ लगानीका क्षेत्र खोजी र योजनाबद्ध कार्यान्वयनमा अब्बल व्यवसायी हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?