छत्रकोट गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक , स्वास्थ्य , शिक्षा , रोजगारी प्रमुख उद्देश्य

भुवन भुसाल , बैशाख १९ गुल्मी

गुल्मीको छत्रकोटमा सत्तासिन संयुक्त गठबन्धनको साझा घोषणापत्र सार्वजनिक गरिएको छ । आज एक लुम्छामा पत्रकार सम्मेलन गरेर घोषणा गरिएको हो ।
नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा छत्रकोटका नेताहरुले आज घोषणा पत्र सार्वजनिक गर्दै आफ्नो गठबन्धन प्रतिगमनका विरुद्ध भएको बताएका छन ।

छत्रकोटमा अध्यक्ष पदका प्रत्यासी अनन्तराम पौडेल , उपाध्यक्ष पदका प्रत्यासी एवं राष्ट्रिय जनमोर्चाका नेता गुमान शिंह पुन , नेकपा माओवादी केन्द्र छत्रकोट अध्यक्ष लोकनाथ पाण्डे , नेपाली कांग्रेस छत्रकोटका सभापति धातानन्द भुसाल , माओवादी नेता रामचन्द्र कंडेल , कांग्रेस नेत्री भगवती काफ्ले , कांग्रेस नेता योगराज कंडेल शर्मा, माओबादी नेता रबि कंडेल ,लगायतले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेस गुल्मी जिल्ला उपसभापति एवं अध्यक्ष पदका प्रत्यासी अनन्त पौडेलले घोषणापत्र बमोजिमका काम गर्न यो गठबन्धन प्रतिबद्ध रहेको बताउनुभयो । ” हाम्रो मुल समस्या छत्रकोटमा जन्मेको व्यक्ती छत्रकोटमा नै पुरै जीवन बिताउन नपाउने अवस्था रहेकाले बसाइँसराइ रोक्न हाम्रो मुल उद्देश्य रहने छ , हामी शिक्षा , स्वास्थ्य , रोजगारिको सुलभ व्यवस्थापन गरेर बसाइँसराइ रोक्न हामी प्रतिबद्ध छौं । ” पौडेलले भन्नुभयो ।

उपाध्यक्ष पदका उम्मेदवार एवम् राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गुमानशिंह पुनले गाउँपालिकामा यो ३० गते पछि वास्तविक बिकास हुने दाबी गर्नुभयो ।

नेपाली कांग्रेस छत्रकोटका सभापति धातानन्द भुसालले छत्रकोटमा नेपाली कांग्रेस आफैमा एक भएको बेला नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा एक हुनु आफैमा बिजय भएको बताउनुभयो । कार्यक्रममा बोल्दै भुसालले भन्नुभयो ” गठबन्धनले ४ च लाई प्राथमिकता दिएर काम गर्छौं , पहिलो नेचर दोश्रो कल्चर तेस्रो एग्रीकल्चर र चौथो इस्टक्चरमा हाम्रा गज्जबका योजना छन ” ।

माओवादी केन्द्र छत्रकोटका अध्यक्ष लोकनाथ पाण्डेले छत्रकोट गाउँपालिका भित्र निर्माण गर्ने भौतिक संरचना बनाउदा स्थानीय श्रोतसाधनको उच्चतम प्रयोग गर्ने योजना सुनाउनुभयो । ” हामिले मोवाईल क्रसरको मात्रै ठाउँ ठाउँमा व्यवस्थापन गर्न सकियो भने गाउँपालिका भित्र भौतिक संरचना बनाउदा गिट्टि अन्यत्र बाट ल्याउने समस्या समाधान हुन्छ युवाले रोजगारी पनि पाउँछन् ” पाण्डेले भन्नुभयो । यो गठबन्धनले हरहालमा जित्नुपर्ने भन्दै वहाँले प्रत्येक पार्टी सदस्य सुबेच्छुक इमान्दार बनेर गठबन्धन जिताउन लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय जनमोर्चाका नेता प्रेम पौडेलले यो गठबन्धन प्रतिगमनका बिरुद्ध भएकाले एकजुट भएर लाग्न आग्रह गर्नुभयो । अहिले छत्रकोटको वास्तविक आवस्यकता के छ ? छ यो सरकारले कति पूरा गर्यो र अबको आवस्यकता के हो ? त्यस्मा लाग्नुपर्ने बताउनु भयो । वहाँले जनताले दिएको मतको अवमूल्यन गर्दै संसद बिघटन गर्ने एमालेले जनता सङ्ग मत माग्ने नैतिक अधिकार गुमाएको आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?