एक महान पत्रकार जस्ले जन्मदिन मनाएनन , अक्सिजन खरिदका लागी दिए सहयोग

लोकप्रिय अनलाइन टेलिभिजनकर्मी मोहन बस्नेतले जन्मदिन मनाउने खर्च महामा”री सङ्ग जुध्न सहयोग गरेका छन ।

 

नेपाल अपडेट नामक युट्युब च्यानलका प्रबन्धक समेत रहेका पत्रकार बस्नेतले आज आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघ गुल्मीले सुरु गरेको अभियानमा साथ दिन नगद ११ हजार एक सय ११ सहयोग गरेको पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए ।

 

कोभि”डको संक्रमण दिनदिनै भुसको आगो झै फैलिएको छ यो समय हामी पत्रकारहरुले अवस्थाको रिपोर्टिङ मात्र गरेर हाम्रो कर्तव्य पूरा हुदैन त्यसैले केही न केही त नागरिकको तह बाट पनि सहयोग पुर्याउनु पर्छ भनेर सहयोग गरेको हु पत्रकार बस्नेतले भने ।

 

बिगत बर्षमा परिवार , आफन्त साथिभाइ सङ्ग रमाइलो गरेर जन्मदिन मनाउथे तर यो बर्ष आमा बुवाको आशीर्वाद सम्म पनि टाढा बाट लिनुपर्ने स्थिती आयो त्यसैले त्यो खर्च बचाएर सहयोग गरेको हु मोहन बस्नेतले भनेका छन ।

 

देश दर्शन टेलिभिजन सङ्गको कुराकानीमा पत्रकार बस्नेतले  यो महामारीमा कसैले पनि टुलुटुलु हेरेर बस्नु हुदैन भन्दै सबैले सकेको सहयोग गरे यो बिकरा”ल अवस्था सङ्ग जुध्न सहयोग पुग्ने बताए । सानै देखि परोपकारी पत्रकारिता गर्दै आएका बस्नेतले यस अघि पनि देशका विभिन्न ठाउँमा भएका बिपत्तिमा सहयोग गर्दै आएका छन भने दुखी पिडित र गरिबका घरघर पुगेर सहयोग प्रदान गर्दै आएका छन ।
२०५२ सालको आजकै दिन बस्नेत गुल्मीको रेसुङ्गा नगरपालिका भाडगाउमा जन्मिएका हुन  ।

 

कोरो”ना महामारीको दोश्रो लहर फैलिएपछी पत्रकार महासंघ गुल्मीले एक अभियान संचालन गरेर अक्सिजन सिलिन्डर , अत्यावश्यक औषधि , लगायतका सामग्री खरिद र आइसुलेसन ब्यवस्थापनका लागि रकमको जोहो गरिरहेको अभियानका संयोजक एवं पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जनार्दन घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?