बिहान उठ्ने बित्तिकै चिरञ्जीवी बिश्वकर्मा गोठको काम सक्छन , आगनमा भएका हिजो बुनेर नसकिएको डोको र अलिकती चोया बोक्छन आमा सङ्ग सानो चकटी माग्छन र पुग्छन धुले बाटोमा डोको बुन्न ।
अर्घाखाँची छत्रदेब अर्घातोषका बिश्वकर्मा ३५ बर्षका पुगे । बाउबाजे देखिनै चली आएको पेशा डोको बुन्ने, आफू जान्ने भए देखिनै डोको बुनेका देखेका उनले सानै उमेरमा सिके डोको बुन्न । उनको दैनिकी आज पनि यसै गरि बितिरहेछ ।
७८ बर्षिय भोट बहादुर बिक बिगत ६० बर्ष देखि डोको बुनिरहेका छन । गाला चाउरी परे , हातको छाला गोहिको छाला जस्तै जर्जर भएका छन । उनी प्रत्यक दिन बिहानै हातमा कर्दा लिएर बासको झ्याङ्गमा पुग्छन नलाग्ने कर्दले ढ्याङ्ग ठ्याङ्ग गर्दै बाँस काट्छन र पुग्छन आफ्ना दौतरिले डोको र मान्द्रो बुन्दै गरेको धुले बाटोमा अनि सुरु गर्छन भर्खरै ल्याएको बासको चोया निकाल्न ।
यहाँ छन करिब १५ जना वृद्ध र तन्नेरी बाँस बाट बन्ने डोको र मान्द्रो बुन्न ब्यस्त ।
यो समुहको आफ्नै दु:ख छ , तीन दिन लगातार दुख गरेर जेनतेन ४ वटा जति डोको तयार हुन्छन अनि बेच्न डुल्नु पर्छ गाउँगाउँ दैलो दैलो । एउटा डोकोको मूल्य ढाइ सय देखि तिन सय सम्म मात्रै पर्छ , दुई सय भन्दा धेरैको त बाँस मात्रै किन्नु पर्छ । यो समुहका सबैभन्दा जेठा बुवा ७९ बर्षिय डिल बहादुर बिश्वकर्मा लय मिलाएर सुनाउछन ।
पहिले पहिले डोकोले एम्बुलेन्सको पनि काम गर्थ्यो , गाउँमा कोहि बिरामी परे डोको काटेर बिरामी बोक्ने बनाइन्थ्यो त ढाडमा बोकेर अस्पताल पुर्याइन्थ्यो अचेल घासको भारी , ढुङ्गा मल र पानी बोक्न समेत डोकोको प्रयोग समेत कम हुन थालेको छ ।
जहाँ पुगेपनी काम त गर्नै पर्छ भनेर ५ बर्ष साउदी र ५ बर्ष कतारमा काम गरेका चिरञ्जीवी बाउबाजेले गरेको पेशा नै ठिक भन्ने लागेपछी नेपाल आए , अहिले डोको बुन्छन तर मन भरी पीडा बोकेर , डोको बुन्ने र बेच्न हिड्दा कसैले इज्जत नदिने भन्दै गुनासो गर्छन हामी सङ्ग ।।
आफ्नै समुदायका केही नेता पनि बने उनिहरुलाइ हाम्रो समस्या पनि सुनाइयो तर अह न परकाले न आफ्नाले कसैले सुनेनन आफ्ना कुरा भन्दै दुखेसो पोक्छन ५६ बर्षका कृष्ण बहादुर बिक ।
राज्य सङ्ग खास ठुला अपेक्षा पनि केही छैनन् यो समुदायका परंरागत पेशा बचाउन कृयाशिल यो समुदायले बस् धुलोमा बसेर बुन्न नपरोस भनेर घाम र पानी छेक्ने एउटा टहरोको अपेक्षा गरेका छन , चित्रो अर्थात बाँस बाट बन्ने साजसज्जाका सामाग्री बनाउने तालिम भैदिए पेशा पनि बच्थ्यो गर्जो पनि टर्थ्यो भन्छन चिरञ्जीवी बिश्वकर्मा ।
डोको बुन्ने र बेच्नेका ईतिहास पनि अजिबको रहेछ करिब ५०/६० बर्ष पहिले डोकोको मूल्य सुन्दा जो कोहिलाइ अचम्म लाग्छ । यो समुदायको सुख र दुख सुन्न आज म अर्घातोष आएको छु , प्रस्तुत छ यो सम्बाद