छत्रकोटले पायो सवारी ईन्सुरेन्सबाट करिब ४० लाख भुक्तानी

 

भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले सवारी ईन्सुरेन्स बापत करिब ४० लाख रुपैंया भुक्तानी पाएको छ । गत असोज २४ गते गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा पार्किग गरि राखिएको गाडी जेनजी आन्दोलनको नाममा जलाईएपछी गाउँपालिकाले क्षेतीपुर्तिका लागी ईन्सुरेन्स कम्पनीलाई लेखी पठाएको थियो ।

शिखर ईन्सुरेन्स कम्पनीले गाउँपालिकालाई ३९ लाख ६१ हजार रुपैयाँ भुक्तानी दिएको लेखा अधिकृत सन्तोष जिसीले जानकारी दिनुभयो । महिन्द्रा स्कारपियो गाडी आगजनीमा परि पुर्ण रुपमा नष्ट भएको थियो । गाउँपालिकाको गाडी आगजनीमा परेपछि गाउँपालिकाको सेवा प्रवाहमा समेत असर परेको थियो ।

गाउँपालिकाको २०२१ मोडलको एस फाईभ स्करपियो आगजनीमा परेपछि ईन्सुरेन्स कम्पनीले सो बापतको रकम भुक्तानी दिएको हो । ईन्सुरेन्सको रकम प्राप्त भएसंगै पालिकालाई आवस्यक पर्ने नयाँ सवारी साधन खरिद गर्ने बाटो खुलेको छ । पालिकामा पर्याप्त सवारी साधन नहँुदा भाडाको सवारी प्रयोग गर्दा राज्यकोषमा थप व्यवभार थप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?