गाउँमै बिशेषज्ञ स्वास्थ्य सेवा पाएपछि मख्ख बिशुखर्कबासी

भुवन भुुसाल, गुल्मी । नेपालका सुदुरगाउँमा आज पनी ज्वरो आए वा टाउको दुखे सिटामोल खाएर बस्नुपर्ने अवस्था छ । न गाउँमा डाक्टरको सेवा पाउन सकिन्छ न त जाँच गराउन सुविधासम्पन्न ल्याबको नै व्यवस्था छ ।

देशका स्थानियतहमा १५ शैयाको आधारभुत अस्पताल निर्माण र संचालनका चरणमा रहेपनी जनशक्तिको अभाव र भौतिक पुर्वाधारको अपर्याप्तताका कारण सहज संचालनमा आउन सकेका छैनन् । तर गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं २ का स्थानियले भने प्रत्येक महिनाको एक दिन गाउँमै बिशेषज्ञ चिकित्सकबाट जाँच र उपाचारको सेवा पाउँदा मख्ख बनेका छन् । वडा कार्यालयको क्रियाशिलतामा देशका बिभिन्न स्थानका अस्पतालमा कार्यरत बिशेषज्ञ चिकित्सकबाट निशुल्क बिरामीको जाँच तथा उपचार सुरु गरिएको छ ।

आवधिक रुपमा समय समयमा बिशेषज्ञ स्वास्थ्य शिविर संचालन गर्ने गरेका थियौं त्यसलाई अब नियमित गर्न प्रत्येक महिना गर्ने कामको सुरुवात आजबाट गरिएको छ । वडा अध्यक्ष कमल केशीले भन्नुभयो । गाउँको स्वास्थ्य चौकीमा नियमित बिरामीको जाँच तथा उपचार त भईरहेकै छ, तर बिशेषज्ञ डाक्टर भेट्नु परे शहर पुग्नुपर्ने हाम्रो गाउँका नागरिकलाई राहत होस भन्ने उद्धेस्यले यो कामको सुरुवात गरिएको केशीले बताउनुभयो ।

आज हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण बिशेषज्ञ डा. रमेश अर्याल, महिला तथा स्त्री रोग बिशेषज्ञ डा. नविन तिरुवा लगायतका बिशेषज्ञ डाक्टर एव्म चिकित्सकको टोलीबाट बिरामी जाँज, औषधी वितरण तथा परामर्श प्रदान गरिएको ल्याब टेक्नीसियन भरतजंग क्षेत्रीले बताउनुभयो । शिविरबाट १ सय २४ जना बिरामीको जाँच गरिएकोमा २९ जनाको आवस्यकता अनुसार रगतको परिक्षण र निशुल्क औषधी वितरण गरिएको केशीले जानकारी दिनुभयो ।

आजको शिविरमा १ सय भन्दा धेरैले सेवा लिएको र अर्को शिविर आगामी महिनाको अन्तिम शनिवार संचालन हुने वडा अध्यक्ष केशीले बताउनुभयो । शिविरमा वडा नं २ बिशुखर्कका साथै छिमेकी वडा र पालिकाका नागरिकले समेत सेवा लिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?